फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स छ्वान-तिब्बत रेलमार्गको निर्माण सुचारु

(GMT+08:00) 2019-08-23 16:01:46

अगष्ट 20 तारिख "नयाँ युग, सिमावर्ती क्षेत्रको यात्रा" शीर्षकको कार्यक्रम ल्हासामा शुरु भएको छ। निर्माण भैरहेको स छ्वान-तिब्बत रेलमार्गमध्येको ल्हासा-लिन्ची भागको निर्माण सुचारु रूपमा चल्दैआएको छ।

स छ्वान-तिब्बत रेलमार्गमध्येको ल्हासा-लिन्ची भागको कुल लम्बाइ 435.48 किलोमिटर छ, सन् 2020को अन्त्यसम्म निर्माण पूरा हुने छ।

स छ्वान-तिब्बत रेलमार्गको कुल लम्बाइ 1838 किलोमिटर छ, शुरुवात बिन्दु स छ्वानको छङ तुमा छ भने अन्तिम बिन्दु तिब्बतको ल्हासामा छ। यो रेलमार्गको कुल लगानी दुई खर्ब पचास अर्ब चिनियाँ युआन छ, सन् 2026मा पूरा हुने अनुमान गरिएको छ।

थाहा भएअनुसार, स छ्वान-तिब्बत रेलमार्ग "विश्वको अभूतपूर्व परियोजना" र "हालसम्म मानव इतिहासमा सबैभन्दा जटिल रेल परियोजना" मानिएको छ।

जानकारी तथा लेखहरु