फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

संयुक्त राष्ट्र संघका लागि चिनियाँ प्रतिनिधिबाट मध्यमदूरी आणविक शक्तिबारे चिनियाँ अडान प्रस्तुत

(GMT+08:00) 2019-08-23 16:03:35

रूस र चीनको समर्थनमा संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले 22तारिख मध्यमदूरी आणविक शक्तिबारे सार्वजनिक बैठकको आयोजना गरेको छ। सो अवसरमा चिनियाँ प्रतिनिधि चाङ चुनले उक्त विषयबारे चिनियाँ अडानको व्याख्या गर्नुभएको छ।

उहाँका अनुसार, सन् 1987मा अमेरिका र सोभियत संघबाट सही गरिएको "मध्यमदूरी आणविक शक्ति सन्धि" सैनिक प्रबन्धको नियन्त्रण र निशस्त्रीकरणमा महत्वपूर्ण सन्धि हो। अमेरिका एकतर्फी रूपमा उक्त सन्धिबाट अलगिएपछि सन्धि निष्क्रिय भएको छ। जसले विश्वको रणनैतिक संतुलन तथा स्थिरता, यूरोप तथा एशिया-प्रशान्त क्षेत्रको सुरक्षा र अन्तर्राष्ट्रिय सैनिक प्रबन्धको नियन्त्रण प्रणालीमा गहिरो नकारात्मक प्रभाव पार्नेछ।

अमेरिका सन्धिबाट औपचारिक रूपमा हट्नुअघि मध्यमदूरी आणविक शक्तिको अनुसन्धान ,विकास तथा खाकालाई तीव्र पार्ने योजना घोषणा गरेको थियो। केही दिनअघि अमेरिकाले परीक्षणका रूपमा नयाँ भूमिमा आधारित क्रूज मिसाइलको प्रक्षेपण गरेको छ। चीनले सम्बन्धित मुलुकसँग जिम्मेवारीबोधको धारणा लिएर संयम कायम राख्दै विश्वको रणनैतिक संतुलन तथा स्थिरता र अन्तर्राष्ट्रिय तथा क्षेत्रीय शान्ति तथा सुरक्षाको संरक्षण गर्न ताकिता गरेको छ। यो अन्तर्राष्ट्रिय जगतको साझा आवाज हो।

पहिला अमेरिकाले चीनविरूद्ध मध्यमदूरी आणविक शक्तिको विकास गर्ने निराधार रूपमा आरोप लगाएको थियो। चीनले सधैं प्रतिरक्षात्मक नीति लागू गरेको छ। चीनको सबै भूमि-आधारित मध्यमदूरी मिसाइल स्वदेशमा खाका बनाउनुका साथै अरू कुनै देशमाथि धम्की पनि दिएको छैन। चीनले एशिया-प्रशान्त क्षेत्रमा अमेरिकी भूमि-आधारित मध्यमदूरी मिसाइलको खाकाको दृढ रूपमा विरोध पनि गरेको छ।

जानकारी तथा लेखहरु