फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका उप प्रधानमन्त्री हु छुन व्हा बाह्रौं चीन-उत्तर पूर्वी एशिया एक्स्पोको उदघाटन समारोहमा

(GMT+08:00) 2019-08-23 18:33:33

बाह्रौं चीन-उत्तर पूर्वी एशिया एक्स्पोको उदघाटन समारोह एवं दशौं उत्तर पूर्वी एशिया सहयोग उच्चस्तरीय मञ्च अगष्ट 23 तारिख चि लीन प्रान्तको छाङ छुन शहरमा आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य एवम् चीनका उप प्रधानमन्त्री हु छुन व्हाले उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सी चिन फिङको शुभकामना सन्देश पढ्नुभएको छ र उक्त समारोहलाई सम्बोधन गर्नुभएको छ।

उहाँले राष्ट्राध्यक्ष सीको शुभकामना पत्रले उत्तर पूर्वी एशियाको विकास शक्तिको उच्च मूल्याँकन गरेको, "बेल्ट एण्ड रोड"को साझा निर्माणले क्षेत्रीय सहयोगलाई विस्तार गर्न र सबल पार्नका लागि ल्याउने महत्वपूर्ण मौका प्रस्तुत गरेको कुरा बताउनुभयो।

हुले बाह्य खुलापन चीनको आधारभूत राष्ट्रिय नीति हो भन्दे चीनले बजारलाई खुला गर्ने, विदेशी व्यापारीको लगानीको संरक्षण गर्ने, बौद्धिक सम्पदा अधिकारको संरक्षण गर्ने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु