फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रशासनिक उपायमार्फत अमेरिकी उद्योग-व्यवसायलाई चीनबाट फिर्ता लिन बाध्य तुल्याउने कर्तुत एकपक्षीय

(GMT+08:00) 2019-08-25 18:57:23

अमेरिकाले चीनले अमेरिकातर्फ निर्यात गर्ने कुल रकम तीन खर्ब अमेरिकी डलरको सामानका लागि 10प्रतिशतको भन्सार कर असुल्ने छ। यसबारे चीनले जवाफी कारवाही कदम चाल्नुपर्ने छ। केही अमेरिकीले अमेरिकी कम्पनीलाई चीनबाट फिर्ता लिन, सट्टा योजना खोज्न वा लगानीका लागि अमेरिका फर्कन आदेश दिएका छन्। यो भनाईले बजारमूलक अर्थतन्त्रको व्यवस्था उल्लंघन गरेको छ। यो भनाई अमेरिकाको आर्थिक क्षेत्रद्वारा विरोध गरिएको छ।

चीन र अमेरिकाबीच आर्थिक तथा व्यापारिक द्वन्द्व भएयता केही अमेरिकीले चीनमा रहेका अमेरिकी उद्योग-व्यवसायहरुलाई छिटो चीनबाट फिर्ता हुन भनिरहेका छन्। यो प्रशासनिक उपायमार्फत संरक्षणवाद कार्यान्वयनको नमूना हो। यसले अमेरिकी उद्योग-व्यवसायको स्वतन्त्र संचालनको गम्भीरताका साथ हस्तक्षेप गर्नुका साथै विश्वको आर्थिक व्यवस्थालाई भंग गर्ने छ।

हाल अमेरिकी राष्ट्रिय खुद्रा-बिक्री व्यापारी महासंघले हाल वक्तव्य प्रकाशित गर्दै "सट्टा योजना खोज्नु एक महंगो र लामो क्रम हो" भन्दै "अमेरिकी खुद्रा-बिक्री व्यापारीले विश्वको दोस्रो ठूलो आर्थिक समूहबाट छोड्नु अवास्तविक हो" भन्ने कुरा बताएको छ। अमेरिकी चेम्मबर अफ कमर्सले अमेरिकी उद्योग-व्यवसायले चीनमा लगानी गर्नु दुई मुलुकका जनताका लागि हितकर भएको कुरा व्यक्त गर्नुका साथै चीन र अमेरिका पुनः टेबुल वार्तामा फर्कने आशा लिएको छ।

जानकारी तथा लेखहरु