फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"विश्व कारखाना" चीनलाई अमेरिकी व्यवसायीले छोड्न नसक्ने

(GMT+08:00) 2019-08-28 19:43:37

चीनबाट अमेरिकातर्फ निर्यात हुने ३ खर्ब अमेरिकी डलर मूल्यका चिनियाँ मालसामानमाथि अमेरिकाले थप १० प्रतिशत भन्सार कर लगाउने घोषणा गरेपछि चीनले बाध्य भएर प्रतिकार कदम सार्वजनिक गरेको छ। यस सन्दर्भमा केही अमेरिकीहरूले भन्सार करलाई अझ उकास्ने घोषणा गरेको मात्र नभई चीनबाट फिर्ता गर्न र साटासाट योजना प्रस्तुत गर्न अमेरिकी व्यवसायलाई आदेश दिएका छन्। अमेरिकाको यस्तो कारवाईले अमेरिकी आर्थिक क्षेत्रलाई आश्चर्य चकित पारेको छ। अमेरिकी आर्थिक क्षेत्रले त्यस्तो कारवाईको कडा विरोध गरेको छ। वास्तवमा वाणिज्य दृष्टिबाट हेर्दा "विश्व कारखाना" भन्ने चीनको विशेषतायुक्त श्रेष्ठलाई अमेरिकी व्यवसाय लगायतका विदेशी व्यवसायहरूका लागि छोड्न नसक्ने कुरा हो।

चीनमा लगभग १ अर्ब ४० करोड जनसंख्या रहेको छ। तीमध्ये ४० करोडभन्दा बढी उपभोग्य जनसंख्या मझौला आम्दानी भएका समुदाय हुन्। यत्रो ठूलो निहित बजार शक्ति र दिनप्रति दिन बढ्दै गएको उपभोग्य चाहना भएकाले चिनियाँ बजारका लागि एउटा मात्र सुपर खरिद शक्ति थपिदिएको छ। अमेरिकी राष्ट्रिय खुद्रा व्यवसाय संघले चीन सारा विश्वको दोस्रो ठूलो आर्थिक समुदायबाट अलग हुने सम्भावना नरहेको जनाएको छ। यस कारण वर्तमान विश्वमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई)को बृद्धिदर मन्द भइरहेतापनि विदेशी व्यवसायले चीनमा लगानी लगाउने प्रवृत्ति पनि यथावत् रुपमा बढ्दै गएको देखिन्छ।

यसका अतिरिक्त, चीनमा पूर्ण र सशक्त बन्दरगाह, राजमार्ग र रेलवे लगायतका आधारभूत प्रबन्ध तथा माल सामान परिवहन प्रणाली रहेका छन्। त्यसैगरी विदेशी व्यवसायले सहजकता पूर्वक कारखाना, आपूर्ति व्यवसाय र विश्वका ग्राहकहरूसँग सम्पर्क राख्न सक्नेछन्। त्यो चीनले विदेशी व्यवसायलाई आकर्षित गर्ने अर्को महत्वपूर्ण कारण पनि हो।

जानकारी तथा लेखहरु