फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ पूँजी बजारको सुधारलाई गहन पार्ने सूचना झन् स्पष्ट

(GMT+08:00) 2019-09-03 10:33:32

हालै चिनियाँ राज्य परिषद्अन्तर्गत बैकिङ स्थिरता तथा विकास समितिले चिनियाँ पूँजी बजारको सुधारलाई अझ गहन पार्ने निर्णय गरेको छ। ठिक एक साताअघि चीन धितो नियामक आयोगले चिनियाँ पूँजी बजारको सुधारसम्बन्धी समग्र योजना आधारभूत रूपमा निश्चित भएको जनाएको थियो। जसबाट हेर्दा चिनियाँ पूँजी बजारको सुधारलाई गहन पार्ने सूचना झन् झन् स्पष्ट भएको देखिन्छ। साथै पूँजी बजारले वास्तविक अर्थ व्यवस्थालाई समर्थन गर्ने क्षमता अझ सबल पारिनेछ।

सन् १९९० को सुरूदेखि नै चिनियाँ पूँजी बजारले क्रमशः सुधार गर्नुका साथै चौतर्फी रूपमा शीर्ष नीतिलाई सबल पार्दैआएको छ। सन् २००४ मा चीन सरकारले पूँजी बजारको सुधार तथा खुलापन र स्थिरता तथा विकासबारे नौ पक्षीय योजना अघि सारेको थियो। सन् २०१४ मा चीनले स्टक, धितो, बचतपत्रलगायत पूँजी बजारको विकास योजना प्रस्तुत गरेको थियो। वर्तमान चिनियाँ पूँजी बजारको नयाँ सुधारका सामु बाह्य अनिश्चितता देखा परेको छ। त्यसैले स्थिरतालाई कायम राख्नुका साथै सुधारलाई गहन पार्नु नै जोखिमको प्रतिरक्षा गर्ने र विकास गर्ने मुल उपाय हो।

यसपटक बैकिंङको स्थिरता तथा विकास समितिले वैज्ञानिक अवधारणा बोर्डमार्फत पूँजी बजारको शीर्ष नीतिलाई सबल पार्ने प्रस्तुत गरेको छ। जसले चिनियाँ पूँजी बजारका लागि वैज्ञानिक अवधारणा बोर्डको महत्वपूर्ण अर्थ देखाएको छ। जसबाट चीनले पूँजी बजारको सुधारलाई गहन पार्दै उचित दिशा उन्मुख भएको देखिन्छ।

चिनियाँ पूँजी बजारमा नयाँ सुधारको परीक्षणको हैसियतमा वैज्ञानिक अवधारणा बोर्डले सूचनाको सार्वजनिकीकरणलाई केन्द्रित बनाएर धितो जारी र दर्ता प्रणाली र अनेकन् नयाँ व्यापार प्रणाली सञ्चालन गरेको छ। हाल चिनियाँ वैज्ञानिक अवधारणा बोर्डको स्थापना भएको एक महिना भइसक्यो। यसै क्रममा शाङहाइ स्टक एक्सचेन्जले १५० भन्दा बढी कम्पनीबाट शेयर दर्ताकालागि अनुरोधपत्र पाएको छ। त्यसमध्ये २८ वटा कम्पनीको शेयर सूचीकृत भइसकेको छ।

हाल चिनियाँ पूँजी बजारको विकासमा देखिएको एउटा समस्या भनेको दीर्घकालीन पूँजी र संस्थागत लगानीकर्ताको अनुपात कमजोर हुनु हो। त्यसैले बैकिंङ स्थिरता तथा विकास समितिले विविध रूपमा संस्थागत लगानीकर्ताको विकास गरेर अझ बढी दीर्घकालीन पूँजीलाई आकर्षित गर्नका लागि राम्रो वातावरण सिर्जना गर्ने कुरामा जोड दिएको छ।

हालै फ्रान्करस्सेल र एमएससीआईलगायत अन्तर्राष्ट्रिय सूचकाङ्क कम्पनीले बेग्ला-बेग्लै रूपमा चिनियाँ 'ए' शेयरमाथि विश्वास गरेका छन्।

वास्तवमा पूँजी बजारको सुधार गहन पार्नु वास्तविक अर्थ व्यवस्थालाई सेवा दिनका लागि हो। तथ्याङ्कका अनुसार, विकसित मुलुकमा व्यवसायको प्रत्यक्ष पूँजी जुटाउने अनुपात लगभग ८० प्रतिशत भए तापनि चिनियाँ व्यवसायको प्रत्यक्ष पूँजी जुटाउने अनुपात १५ प्रतिशत मात्र छ। त्यसैले अझै सुधार गरेर पूँजी जुटाउने समस्याको सामनामा व्यवसायलाई प्रभावकारी सहयोग गरेमा चीनको वास्तविक अर्थ व्यवस्थाले जैविक शक्ति पाउनेछ।

नयाँ सुधारका साथसाथै चिनियाँ पूँजी बजार चीनको उच्च गुणस्तरीय विकासको बलियो शक्ति बन्नेछ।

जानकारी तथा लेखहरु