फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अफ्ठ्यारोमा पनि चिनियाँ व्यवसाय दृढताका साथ अगाडि बढ्दै

(GMT+08:00) 2019-09-04 16:31:50

सन्2019 चिनियाँ व्यवसाय अन्तर्गतका पाँच सय शीर्ष सूचि हालै सार्वजनिक भएको छ। गत वर्षको तुलनामा चालू वर्ष उक्त सूचिमा प्रवेश गरेका व्यवसायहरुको परिमाण लगातार तीव्र गतिले विकसित भैरहेको देखिन्छ। मध्यम तथा उच्चस्तरीय औद्योगिक श्रृंखलातर्फ विकसित भएका कारण यी व्यवसायले आ-आफ्ना अन्तर्राष्ट्रिय प्रभाव शक्तिलाई लगातार माथि उकास्दै लगेका छन्। वर्तमान जटिल आर्थिक परिस्थितिमा चिनियाँ व्यवसायले दवाव बोकेर एक उल्लेखनीय उपलब्धि देखाएका छन्। जसबाट चिनियाँ व्यवसायको सहनशीलता र बलियो लचिलोपना प्रतिबिम्बित भएको छ।

"शीर्ष सूचिमा सूचिकृत पाँच सय चिनियाँ व्यवसाय"को प्रकाशनसँग अठार वर्षको इतिहास रहेको छ। सो सूचि चिनियाँ व्यवसायको मिलिजुली शक्तिलाई चौतर्फी अनुसन्धान तथा मूल्याङ्कन गर्ने आधिकारिक मापदण्ड मात्र नभई चीनको अर्थतन्त्रको विकासको एक ऐना पनि हो। सन्2019को सूचिबाट हेर्दा"वृद्धि"नै चिनियाँ व्यवसायको एक मुख्य शब्द बनेको देखिन्छ। सन्2019मा पाँच सय शीर्ष चिनियाँ व्यवसायले लगभग 80 खर्ब चिनियाँ युआनको लाभ सिर्जना गरेको छ भने गत वर्षको तुलनामा 11.14 प्रतिशतले वृद्धि भएको देखिन्छ। पूँजीको कूल रकम तीस अर्ब चिनियाँ युआन पुगेको छ भने गत वर्षको तुलनामा 9 प्रतिशतले वृद्धि भएको छ। अनुसन्धान तथा विकासका लागि झन झन बढी लगानी बढाइएको छ भने 9 खर्ब 76 अर्ब 54 करोड 80 लाख चिनियाँ युआन रकम त्यसमा लगाइएको छ।

वर्तमान व्यापारिक संरक्षणवाद,एकपक्षीयवाद बढ्दै गएको अवस्थामा चिनियाँ व्यवसायहरू कसरी उल्टो प्रवृत्ति पार गरेर अगाडि बढ्नसक्छन् त?चीनले सुधारलाई अगाडिको बाटोमा प्रवर्द्धन गर्दै जानु र खुलापनलाई द्दढ रूपमा विस्तार गर्दै आउनु नै यसको सबैभन्दा महत्वपूर्ण कारण भएको मान्न सकिन्छ।

चिनियाँ व्यवसायले दीर्घकालीन रुपमा नवीनताद्वारा विकासलाई प्रवर्द्धन गर्नु अर्को कारण हो जसबाट चिनियाँ व्यवसाय विकासको बाटोमा अग्रसर हुँदै आएको झल्किन्छ। सुधार तथा खुलापनको चालीस वर्षयता चिनियाँ व्यवसायले सधैं नै धेरै जसो बाधा अवरोधहरू झेल्दै आएका छन् र निकै द्दढताका साथ अवरोध पार गरेर अगाडिको बाटो समात्दै गएका छन्। वैदेशिक वातावरण अनिश्चित र अस्थिर रहेको र यो क्रम झन् झन् बढ्दै गएको पृष्ठभूमिमा चिनियाँ व्यवसायले सधैं तथा निरन्तर रुपमा आफ्नो काम राम्ररी गरिरहेको देखिन्छ, जसबाट आफैंलाई अझ बलियो बनाउँदै लगेको छ।

जानकारी तथा लेखहरु