फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

लागत घटाएर नाफा बढाउन नेपालका अर्थमन्त्रीको आग्रह

(GMT+08:00) 2019-09-11 14:38:58

नेपालका अर्थमन्त्री डा.युवराज खतिवडाले सेयर बजारलाई प्रविधिमैत्री बनाइ लागत घटाएर नाफा बढाउनुपर्ने बताउनु भएको छ। मंगलबार एसिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीहरूको संगठन एशिया प्यासिफिक सेन्ट्रल सेक्युरीटिज डिपोजिटरी गु्रप (एसीजी) को २३ औं वार्षिक साधारणसभामा मन्त्री खतिवडाले सेयर बजारको लागत घटाउन सकेन नाफा स्वतःबढ्ने बताउनु भएको कारोबार अनलाइनले लेखेको छ।

पुँजी बजारमा प्रविधिको प्रयोगको कुरा गर्दा केन्द्रीय निक्षेप सेवाको महत्वपूर्ण भूमिका रहने बताउँदै कुनै पनि साधारण सेयर निष्कासन गर्दा कति छिटो बाँडफाड हुन्छ भन्ने कुरालाइ लगानीकर्ता हेर्ने उहाँले बताउनुभयो।

प्रविधिसहितको चुस्त तथा प्रभावकारी कारोबार प्रक्रिया र भुक्तानी प्रणाली वित्तीय बजारको लागि अति नै आवश्यक भएको उहाँको भनाइ छ। "लगानीकर्ताले लगानीको निर्णयसमेत आर्टिफिसियल इन्टेलिजेन्स(एआई)को प्रयोग गर्न थालेका छन्," उहाँले भन्नुभयो,"सबै काम एउटा मोबाइलको भरमा हुन थालेको छ, पैसा होस वा सेयर मोबाइलमा नै बोकेर हिँड्न थालेको हुनाले विश्व भर्चुअल कारोबारतर्फ अघि बढेको छ।" प्रविधिमा आएको परिवर्तनलाई हामीले स्वीकार गर्नैपर्ने अवस्था आएको हुनाले पनि पछिल्ला दिनहरूमा प्रविधिले व्यवसाय गर्ने तरीका नै परिवर्तन ल्याएको बताउँदै खतिवडाले जोखिम सहितको प्रविधिलाइ अगाल्दै अघि वढ्दा हामीले गर्ने व्यावसया डिजिटल फ्रेमवर्कमा पनि कसरी सुरक्षित हुनसक्छ यतातिर पनि उत्तिकै ध्यान दिनु जरुरी रहेको औंल्याउनुभयो।

सेयर बजार घट्ने र बढ्नेमात्र अपेक्षा गर्ने नभइ यसका धेरै आयाम रहेको समेत उहाँले बताउनुभयो। सेयर बजारलाईकुनै पनि कृत्रिम क्रियाकलापले बजारको डाइमेन्सनलाई परिवर्तन गर्न नसक्ने उहाँको तर्क छ। सेयर राफसाफ छिटोछरितोमा भएमा लगानीकर्ताको कारोबार लागत कम हुने र बढी नाफा आर्जन गर्न सहयोग पुग्ने उहाँको भनाइ छ। नेपालको पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाहरूको हिस्सा अधिक रहेको उल्लेख गर्दै बजार विस्तारका लागि सेक्युरिटी बन्ड, रियल सेक्टरलाई पनि बजारमा भित्र्याउनुपर्नेमा उहाँको जोड छ। साधारणसभामा एसिया प्रशान्त क्षेत्रमा रहेका विभिन्न ३५ वटा सदस्य संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ। सो अवधीमा विश्व पूँजी बजारको मञ्चमा केन्द्रीय निक्षेप सेवा प्रदायकहरूको वर्तमान अवस्थाका बारेमा अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त विशिष्ट व्यक्तित्वहरू बाट चर्चा गरिने छ। साधारणसभा तीन दिनसम्म सञ्चालन हुनेछ।

https://www.karobardaily.com/news/share_bazaar/24108

जानकारी तथा लेखहरु