फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्वकप छनोटमा नेपालद्वारा चाइनिज ताइपेविरुद्ध जित

(GMT+08:00) 2019-09-11 14:39:29

फिफा विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले चाइनिज ताइपेविरुद्ध २–० को शानदार जित हात पारेको छ। नेपालका लागि दुवै गोल अन्जन विष्टले गरेका हुन्। अन्जनले दुवै हाफमा नेपालका लागि दुई गोल गरे। खेलको तेस्रो मिनेटमा अन्जनको झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहा गोलमा परिणत भएको नेपाल खबर अनलाइनले लेखेको छ।

यस्तै ६२ औं मिनेटमा रवी पासवानको पासमा सुजल श्रेष्ठले हेडरमार्फत मिलाईदिएको पासमा अन्जनले दोस्रो गोल गरे। उनले पेनाल्टी क्षेत्र नजिकैबाट पहिलो दोस्रो गोल गरेका हुन्।

विश्वकप छनोटको दोस्रो चरणमा नेपालको यो ऐतिहासिक पहिलो जित पनि हो। फिफा वरियतामा नेपालभन्दा ४१औं स्थानमाथि रहेको ताइपेविरुद्ध नेपाली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका हुन्। यसअघि कुवेतविरुद्ध भएको पहिलो खेलमा नेपाल ७–० ले पराजित भएको थियो।

यस नतिजासँगै नेपाल अंक तालिकाको पुछारबाट माथि उक्लिँदै तेस्रो स्थानमा आइपुगेको छ। समान ३-३ अंक जोडेको जोर्डन र कुवेत गोल अन्तरमा अगाडी छन्।

 

जानकारी तथा लेखहरु