फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको राष्ट्रिय पाठ्यक्रममा ऐच्छिक विषयका रूपमा चिनियाँ भाषा

(GMT+08:00) 2019-09-12 14:20:02

नेपालको राष्ट्रिय पाठ्यक्रममा ऐच्छिक विषयका रूपमा चिनियाँ भाषा पठनपाठन गर्ने उल्लेख भएको धेरै वर्षपछि त्यसले औपचारिकता पाएको छ।

चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाल सरकारबीच हालै भएको 'स्वयंसेवक भाषा शिक्षक' उपलब्ध गराउने समझदारीले त्यसलाई मूर्तरूप दिन सघाउनेछ। चीन सरकारले भाषा पढाउन स्वयंसेवक शिक्षक खटाउने समझदारी भएको हो।

'राष्ट्रिय पाठ्यक्रममा ऐच्छिक विषयका रूपमा चिनियाँ, हिन्दी, अरबीजस्ता भाषा पढाउने उल्लेख छ,' शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले भन्नुभयो, 'अहिले चीन र नेपाल सरकारबीच स्वयंसेवक शिक्षक खटाउनेबारे समझदारी भएको छ। अब भने औपचारिक रूपमा पाठ्यक्रम र पाठ्यपुस्तक निर्माण प्रक्रिया अघि बढ्छ ।'

काठमाडौंलगायत मोफसलका केही निजी विद्यालयले ऐच्छिक विषयका रूपमा चिनियाँ भाषा पढाउँदै आएका छन्। उनीहरूका लागि नेपालस्थित चिनियाँ दूतावासले स्वयंसेवक शिक्षक खटाउने गरेको छ । स्वयंसेवक शिक्षकले शिक्षा मन्त्रालयसँग अनुमति लिनुपर्छ । हालसम्म ८६ जना चिनियाँ नागरिकले स्वयंसेवक शिक्षकको आवेदन दिई मन्त्रालयबाट अनुमति पाएको प्रवक्ता अर्यालले भन्नुभयो 'झन्डै ५० वटा विद्यालयमा चिनियाँ भाषा पढाइ भइरहेको छ ।' तर चिनियाँ भाषाको औपचारिक पाठ्यक्रम बनेको छैन ।

दूतावासले आवश्यक मापदण्ड पुगेका विद्यालयमा नयाँ शैक्षिक सत्रअनुसार वैशाख १२ गतेभित्र शिक्षक खटाउनेछ । न्यूनतम स्नातक तह उत्तीर्ण गरेकाले स्वयंसेवक शिक्षक बन्न पाउने कान्तिपुर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु