फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालद्वारा भूक्षय रोक्न विश्वव्यापी सहकार्यमा जोड

(GMT+08:00) 2019-09-13 13:57:39

नेपालले भू–क्षय विश्वकै चुनौतीका रुपमा अगाडि आएको भन्दै त्यसलाई रोक्न विश्वव्यापी अभियान थाल्नुपर्ने प्रस्ताव राखेको छ। भारतको नयाँदिल्लीमा भएको 'संयुक्त राष्ट्रसंघीय मरुभूमीकरण नियन्त्रण सम्बन्धी सन्धी पक्षधर राष्ट्रहरुको सम्मेलनलाई सम्बोधन गर्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले भू–क्षणका कारण वातावरणीय दुस्प्रभाव बढ्नुका साथै खेतीयोग्य जमिन नष्ट हुँदै गएकाले त्यसलाई रोक्न संयुक्त पहल हुनुपर्नेमा जोड दिनुभएको हो।

भूमियोग्य जमिनको ह्रासका कारण उत्पन्न वातावरणीय चुनौतीले संसारका करोडौँ मानिसहरुको जीविकामाथि गम्भीर चुनौती खडा गरिरहेको चर्चा गर्दै मन्त्री बस्नेतले विश्वभर कृषियोग्य जमिन घट्दै जाँदा उत्पादकत्व घटेको उदाहरण दिँदै यो चिन्ताको विषय भएको उल्लेख गर्नुभयो। उहाँले सम्मेलनबाट भूमि संरक्षण गरी उत्पादकत्व बढाउन तथा विश्वलाई मरुभूमिकरणबाट जोगाउन सामूहिक रुपमा दीर्घकालीन लक्ष्य र योजनाहरुको घोषणा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। बस्नेतले कुनै एक मुलुकले चाहेर मात्र मरुभूमिकरणको विकराल अवस्थासँग मुकाबिला गर्न नसक्ने स्पष्ट गर्दै त्यसका लागि सामूहिक प्रयास र सहकार्यमा जोड दिनुभयो।

नेपालको कूल क्षेत्रफलको ४४ दशमलब ७४ प्रतिशत भू–भाग वन क्षेत्र र २ दशमलब ४ प्रतिशत भू–भाग संरक्षित क्षेत्रले ओगटेको जानकारी दिँदै मन्त्री बस्नेतले त्यसलाई नघटाइने प्रतिबद्धता जनाउनुभएको सेतोपाटीले लेखेको छ।

जानकारी तथा लेखहरु