फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको हिमाली जिल्ला मुस्ताङको पर्यटन फेरि लयमा फर्किँदै

(GMT+08:00) 2019-09-14 14:10:16

खर्खायामले सुस्ताएको मुस्ताङको पर्यटन व्यवसाय भदौलगत्तै लयमा फर्किएको छ। दैनिक हवाई तथा सडकमार्ग हुँदै मुस्ताङ आउने स्वदेशी र विदेशी पर्यटकले सदरमुकाम जोमसोम गुल्जार बनेको हो। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार भदौको सुरुदेखि हवाई उडान संख्या वृद्धि भएको छ। कार्यालय प्रमुख भानुभक्त कोइरालाले बर्खामा सरदर ५ उडान हुने गरेकोमा केही दिनयता दैनिक १२ उडानसम्म भएको जानकारी दिनुभयो। पोखरादेखि हवाई सेवामार्फत जोमसोम आउनेमा ७० प्रतिशत भारतीय, २५ प्रतिशत तेस्रो मुलुकका र ५ प्रतिशत स्वदेशी पर्यटक रहेको उहाँको भनाइ छ।

तारा र समिट एयरलाइन्सले पोखरा–जोमसोम नियमित उडान भर्दै आइरहेका छन्। नेपाल वायुसेवा निगमको जोमसोममा कार्यालय खडा भए पनि सेवा भने उपलब्ध हुन सकेको छैन। पोखराबाट जोमसोम दैनिक २ सयभन्दा बढी विदेशी पर्यटक आउने गरेको कार्यालय प्रमुख कोइरालाको भनाइ छ।

अगस्ट सकिएलगत्तै मुस्ताङको हावापानी सन्तुलित रहन्छ। गर्मी र जाडो दुवै हुँदैन। त्यस्तो मौसममा स्वदेशी तथा विदेशी दुवैथरी पर्यटक यहाँ आउँछन्। सोह्र श्राद्ध, दसैं र तिहारजस्ता महत्त्वपूर्ण चाडपर्व नजिकिँदै गर्दा आन्तरिक पर्यटक बढेको पर्यटन व्यवसायी राकेश भट्टचनले जानकारी दिनुभयो। अबको केही दिनमै विदेशी पर्यटकको अलावा स्वदेशी पर्यटकले मुस्ताङका होटल भरिभराउ हुनेछन्। सन् २०१९ जनवरीदेखि सेप्टेम्बर ११ तारिखसम्म ३१ हजार ६ सय ६६ पर्यटक मुस्ताङ भित्रिएका अन्नपूर्ण संरक्षण आयोजना एक्याप जोमसोमलाई उद्धृत गर्दै अन्नपूर्ण पोस्टले लेखेको छ।

जानकारी तथा लेखहरु