फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

70 वर्षयता चीनको उपलब्धिप्रति गौरवान्वित-पाकिस्तानका विदेशमन्त्री

(GMT+08:00) 2019-09-14 16:38:42

राष्ट्र संघीय मानव अधिकार परिषदको 42औं बैठक सेप्टेम्बर 9 तारिखदेखि 27सम्म जेनेभामा आयोजित भयो। सो अवसरमा राष्ट्र संघीय जेनेभा कार्यालय तथा स्वीट्जर्ल्याण्डका अरू अन्तर्राष्ट्रिय संगठनका लागि चिनियाँ प्रतिनिधि छन स्युका साथमा पाकिस्तानका विदेशमन्त्री माख्दूम कुरेशीले "जनताको सुखका लागिः 70 वर्षयता नयाँ चीनको उपलब्धि" शीर्षकको प्रदर्शनीको अवलोकन गर्नुभएको छ। अवलोकनपछि मन्त्री कुरेशीले 70 वर्षयता चीनबाट हासिल उपलब्धिप्रति गौरव लागेको मूल्यांकन गर्नुभयो।

उहाँका अनुसार, चीनले चमत्कारको सिर्जना गरेको छ। चीनमा अर्बौं जनसंख्या गरिबीबाट मुक्त भएको कुराले गहिरो छाप पारेको छ। भविष्यमा चीनले विद्यमान आधारमा अझ बढी उपलब्धि हासिल गर्ने विश्वास उहाँले गर्नुभयो। पाकिस्तान र चीनको मैत्रीपूर्ण सम्बन्ध झन् झन् गहन बनाउँदै अझ राम्रो अन्तर्राष्ट्रिय सहयोग गर्ने पनि उहाँले प्रकट गर्नुभयो।

"जनताको सुखका लागिः 70 वर्षयता नयाँ चीनको उपलब्धि" शीर्षकको प्रदर्शनी 9 तारिखदेखि 13सम्म आयोजित भयो। सो प्रदर्शनी चिनियाँ राज्य परिषदको प्रेस कार्यालय तथा राष्ट्र संघीय जेनेभाका लागि चिनियाँ प्रतिनिधि मण्डलद्वारा संयुक्त रूपमा आयोजित हुनुका साथै चाइना मिडिया ग्रुपद्वारा संयोजन गरिएको हो।

जानकारी तथा लेखहरु