फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बेलायतका प्रधानमन्त्री र युरोपेली आयोगका अध्यक्षबीच भेटवार्ता हुने

(GMT+08:00) 2019-09-14 18:45:57

बेलायतको प्रधानमन्त्री भवनका प्रवक्ताले सेप्टेम्बर तेह्र तारिख प्रधानमन्त्री बोरिस जोनसनले सेप्टेम्बर सोह्र तारिख लक्जमवर्गमा युरोपेली आयोगका अध्यक्ष जेन क्राउड जङकेसँग "युरोपेली संघबाट बाहिरिने"विषयबारे छलफल गर्नुहुने कुरा बताउनुभएको छ। जोनसनले गत जुलाई महिनामा नम्बर दश डाउनिंग स्ट्रिटमा प्रवेश गर्नुभएयता जङकेसँग भेटघाट गर्नुहुने यो पहिलो पटक हो।

ती प्रवक्ताकाअनुसार, जोनसनले सेप्टेम्बर सोह्र तारिख मध्यान्ह भोजन समयमा जङकेसँग "युरोपेली संघबाट बाहिरिने" विषयबारे छलफल गर्नुहुने कार्यक्रम छ। बेलायत र युरोपेली संघले उक्त विषयबारे छलफल गरिरहेका छन् र सम्झौता प्राप्तिको प्रयास गरिरहेका छन्। तर लामो बाटो हिँड्नुपर्ने छ।

जोनसनले धेरै पटक भन्नुभएअनुसार, सम्झौता हुनसक्ने कि नसक्ने, उहाँले चालू वर्षको अक्टोबर 31 तारिख बेलायतलाई "युरोपेली संघबाट बाहिरिन"नेतृत्व गर्नुहुने छ। चालू वर्षको अक्टोबर महिनामा युरोपेली संघको शिखर सम्मेलनअघि दुई पक्षबीच "युरोपेली संघबाट बाहिरिने"सम्झौता हुनसक्ने सम्भावना रहेको विश्वास उहाँले गर्नुभयो।

जानकारी तथा लेखहरु