फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दसैंमा उपत्यकालाई ६० हजार खसीबोका र च्याङ्ग्रा

(GMT+08:00) 2019-09-15 14:15:21

आगामी दसैंमा उपत्यकामा मात्र ६० हजार संख्यामा खसीबोका र च्याङ्ग्राको खपत हुने अनुमान गरिएको छ। दसैंमा सबैले अत्यधिक रूपमा मासुको उपभोग गर्ने हुँदा खसीबोकाको खपत धेरै हुने गर्छ। व्यवसायीका अनुसार ५० हजार संख्यामा खसीबोका र १० हजार संख्यामा च्याङ्ग्रा खपत हुने अनुमान गरिएको छ।

दसैंलाई लक्षित गरेर अहिलेदेखि नै खसीबोका भित्रिन थालिसकेका छन्। विशेषगरी घटस्थापनाको दिनदेखि उपत्यकामा दसैंलाई लक्षित खसीबोका भित्रन सुरु गर्छ। व्यवसायीका अनुमान अनुसार, यो वर्ष २५ देखि ३० हजार संख्यामा दसैंमा खसीबोका अभाव हुने कारोबार दैनिकले लेखेको छ। व्यवसायीका अनुसार, दसैंमा ५० देखि ६० हजार संख्यामा खसीबोका खपत हुने गर्छ तर आयातमा कडा गरिएको र स्थानीय उत्पादनले माग धान्न नसक्दा दसैंमा अभाव हुने देखिन्छ।

आयातमा कडाइ गरेपछि बजारमा अभाव हुँदा यो वर्ष खसीबोकाको मूल्यसमेत बढेको छ। सरकारले खसीबोकाको आयात कडाई गरे पनि प्रहरी प्रशासनको मिलेमतोमा भारतबाट खसीबोकालाई नेपाली भनेर भित्र्याइरहेको उनको भनाइ छ। व्यवसायीका अनुसार अहिले पनि चोरी तस्करीबाट दैनिक ३ देखि ६ सयको संख्यामा खसीबोका भित्रिरहेका छन्। चोरी तस्करीबाट खसीबोका भित्र्याउँदा राजस्वसमेत गुम्ने गर्छ। सरकारले बजार मूल्य निर्धारण नगर्दा व्यवसायीले मनपरी मूल्य निर्धारण गर्दा त्यसको असर आम उपभोक्तामा पर्न गएको छ।

अस्वस्थ खसीबोका आयातमा रोक लगाउनका लागि सरकारले ६ महिना अघिदेखि भन्सार विन्दुमा क्वारेनटाइन सर्टिफिकेट अनिवार्य गरेको थियो। आयातमा कडाइ गरेपछि व्यवसायीले गैरकानुनी ढंगले खसीबोकाको आयात गरिरहेका छन्। उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले सरकारले आयातमा कडाई गरेपछि बजारमा अभाव देखाएर व्यवसायीले मूल्य बढाउँदा त्यसको असर आम उपभोक्तामा गर्न गएको बताए।

पशु सेवा विभागका महानिर्देशक वंशी शर्माले स्थानीय उत्पादनले बजार माग पुरा गर्ने बताए। उनका अनुसार उपत्यकामा वार्षिक ६ लाख खसीबोका चाहिन्छ । "मुलुकभर १ करोड १८ लाख खसीबोका रहेको हाम्रो अनुमान छ," उनले भने, "दसैंमा बढी खपत हुने भए पनि स्थानीय उत्पादनले नै माग पूरा गर्छ।" चारदेखि पाँच प्रतिशतमात्र अपुग रहेको उनको भनाइ छ। वार्षिक ३३ लाख खसीबोका काट्ने अनुमान छ । स्वदेशमा पर्याप्त खसीबोकाको उत्पादन भएपनि व्यवसायीहरू गाउँ गाउँमा खरिद गर्न नजाने गरेकाले अभाव रहेको बताउने गरेको उनको भनाइ छ। आवश्यक कागजपत्र पूरा गरेर खसीबोका ल्याउनेको लागि रोक नलगाएको उनको भनाई छ।

जानकारी तथा लेखहरु