फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

बिन लाडेनका छोराको मृत्यु भएको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाइ

(GMT+08:00) 2019-09-15 14:42:12

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टम्बर १४ तारिख वक्तव्य प्रकाशित गरी अफगानिस्तान तथा पाकिस्तानमा अमेरिकाको आतंकवादविरोधी गतिविधिमा अल कायदाका प्रमुख एवम् ओसामा बिन लाडेनको छोरा हामचा बिन लाडेनको हत्या गरिएको जनाएको छ।

हामचाको मृत्युले अल कायदाको नेता तथा गतिविधिमाथि प्रहार भएको ट्रम्पले बताएका छन्। उनले हामचाको मृत्युको ठोस समय तथा ठाउँको बारेमा जानकारी भने दिएका छैनन्।

हामचा सन् २०१५ अगष्तदेखि अल कायदा संगठनमा औपचारिक रूपमा आबद्ध भएका थिए। उनले उक्त संगठनका समर्थकलाई पश्चिमा मुलुकका राजधानीमा आतंकवादी आक्रमण गर्न आदेश दिनुका साथै बुवाको हत्या गर्ने अमेरिकालाई जवाफ दिने बताएका थिए। सन् २०१७ को सुरूदेखि अमेरिकाले हामचालाई विश्वव्यापी आतंकवादी तत्व घोषणा गर्दै उनीमाथि प्रतिबन्ध लगाएको थियो।

जानकारी तथा लेखहरु