फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सी चिनफिङका विशेषदूत मुगाबेको अन्त्येष्टिमा सहभागी

(GMT+08:00) 2019-09-15 14:46:34

चीनका राष्ट्राध्यक्ष सी चिनफिङका विशेषदूत एवम् राष्ट्रिय राजनैतिक परामर्शदात्री सम्मेलनका उपाध्यक्ष कु शङचु जिम्बावेका पूर्व राष्ट्रपति रोबेर्ट मुगाबेको अन्त्येष्टिमा सहभागी हुनुभएको छ। कु शङचुले राष्ट्राध्यक्ष सीको प्रतिनिधित्व गर्दै चीन सरकार तथा जनताको तर्फबाट मुगाबेको मृत्यप्रति शोक श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। साथै उहाँले जिम्बावेका राष्ट्रपति एमर्सन मनागाग्वा तथा जनता र मुगावेका परिवारलाई हार्दिक सम्वेदना व्यक्त गर्नुभएको छ।

जिम्बावेको भ्रमण क्रममा कु शङचुले राष्ट्रपति मनागाग्वासँग पनि भेट-वार्ता गर्नुभएको छ। विशेषदूत कुका अनुसार, मुगाबे जिम्बावे र अफ्रिकाका श्रेष्ठ राजनीतिज्ञ र राष्ट्रिय मुक्ति आदोलनका नेता हुनुहुन्छ। उहाँले चीन तथा जिम्बावे र चीन तथा अफ्रिकाको मैत्रिपूर्ण सहयोगका लागि श्रेष्ठ योगदान दिनुभएको थियो। चीनले उक्त मित्रता तथा साथीलाई विर्सने छैन। चीनले जिम्बावेसँग साझा प्रयासमा चौतर्फी रणनैतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकास गर्ने इच्छा लिएको छ।

मुगाबेको अन्त्येष्टिमा चिनियाँ विशेषदूतको सहभागिताबाट दुई देशका जनताको गहिरो मित्रता देखिएको राष्ट्रपति मनागाग्वाले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु