फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अगष्तमा हंगकंग अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक तथा कार्गो विमानको उडान संख्या घट्यो

(GMT+08:00) 2019-09-15 16:35:56

हंगकंग अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन विभागद्वारा १५ तारिख प्रकाशित तथ्याङ्ककाअनुसार, अगष्तमा हंगकंग अन्तर्राष्ट्रिय विमानस्थलमा आवतजावत गर्ने यात्रुको संख्या 60 लाख मात्र छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १२.४ प्रतिशतले घटेको छ। विमानको उडान र अवतरण पनि ३५ हजार ६ सय ५५ पटक मात्र भएको छ र यो पनि ३.५ प्रतिशतले घटेको छ। साथै मालसामान ढुवानी कार्गो विमानको संख्या पनि ११.५ प्रतिशतले घटेको छ।

पर्यटकको संख्या घटेबाट यात्रुको संख्यामा गिरावट आएको विश्लेषण विमानस्थलको व्यवस्थपनले गरेको छ।

त्यसबाहेक अगष्तमा हंगकंग विमानस्थलको सञ्चालन धेरै पटक सार्वजनिक भेलाबाट प्रभावित भएको थियो।

जानकारी तथा लेखहरु