फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"छ्यौ श" पत्रिकाद्वारा महासचिव सी चिन फिङको महत्वपूर्ण लेख प्रकाशित

(GMT+08:00) 2019-09-15 16:37:46
सेप्टेम्बर १६ तारिख प्रकाशित हुने अठारौं अंकको "छ्यौ श" पत्रिकाले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् चिनियाँ सैन्य आयोगका अध्यक्ष सी चिन फिङको महत्वपूर्ण लेख अर्थात् "राष्ट्रिय जन काँग्रेसको स्थापना भएको साठी‌‌औं वार्षिकोत्सव मनाउनका लागि आयोजना गरिएको समारोहलाई गरिएको सम्बोधन" सार्वजनिक गर्ने भएको छ।

उक्त लेखअनुसार, जन काँग्रेस व्यवस्था चीनको विशेषतायुक्त समाजवाद व्यवस्थाको महत्वपूर्ण भाग हो र चीनको राष्ट्रिय शासन प्रणाली र शासन क्षमतालाई टेवा पुर्‍याउने मलभूत राजनीतिक व्यवस्था हो। महासचिव सीले नयाँ परिस्थितिमा हामी सबैले जन प्रजातान्त्रिक झण्डा उठाउन, ‌जन काँग्रेस व्यवस्थालाई दृढताका साथ पालना गर्न, परिस्थितिको विकासबमोजिम जन काँग्रेस व्यवस्थाको सुधार गर्न, र चीनको विशेषतायुक्त समाजवादको राजनीतिक विकास बाटोमा दृढताका साथ हिँड्न आह्वान गर्नुभएको छ।

चीनमा जन काँग्रेसको व्यवस्था लागू गर्नु मानव राजनीतिक व्यवस्थाको इतिहासमा चिनियाँ जनताको विश्वास निर्माण गर्नु भएको र यो चिनियाँ समाजको एक सय वर्षभन्दा बढीको सुधार र विकासको नतिजा भएको पनि औंल्याउनु भएको छ।

उक्त लेखअनुसार, चीनको विशेषतायुक्त समाजवाद व्यवस्थाको आत्म-विश्वासलाई सुदृढ पार्नका लागि सर्वप्रथम चीनको विशेषतायुक्त समाजवादी राजनीतिक व्यवस्थाको आत्म-विश्वास सुदृढ पार्नुपर्ने, चीनको विशेषतायुक्त समाजवादको राजनीतिक विकास बाटो हिँड्ने विश्वास र अठोटलाई बलियो पार्नुपर्ने छ। चीनको विशेषतायुक्त समाजवादी राजनीतिक व्यवस्थाको श्रेष्ठता फैलाउन पार्टी र देशको समृद्ध र दीर्घकालीन शान्तिका लागि पूर्ण व्यवस्थाको प्रत्याभूति उपलब्ध गराउनुपर्ने छ।

जानकारी तथा लेखहरु