फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकाको परम दबावको लक्ष्य इरानी शासनलाई परास्त गर्नु हो-इरानी उप-राष्ट्रपति

(GMT+08:00) 2019-09-15 16:42:16

इरानी सञ्चार माध्यमले १४ तारिख जनाएअनुसार, अमेरिकाले इरानमाथि परम दबाव लगाउनुको लक्ष्य इरानी शासनलाई परास्त गर्नु भएको इरानी प्रथम उप-राष्ट्रपति एशाख जाहान्गिलिले बताउनुभएको छ।

उप-राष्ट्रपति जाहान्गिलिले एउटा सार्वजनिक कार्यक्रममा सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो। अमेरिकाको परम दबावको अन्तिम लक्ष्य इरानी शासनलाई पराजित गर्नु तथा अल्पकालीन लक्ष्य इरानको अर्थतन्त्रलाई ध्वस्त पार्नु हो।

सन् २०१५ जुलाईमा इरानले इरानी आणविक समस्यसम्बन्धी छ देशसँग चौतर्फी सन्धि गरेको थियो। उक्त सन्धिका अनुसार, इरानले आणविक योजनालाई सिमित पार्ने वचनबद्धता गरेमा अन्तर्राष्ट्रिय जगतले इरानमाथिको नाकाबन्दी रद्द गर्नेछ। सन् २०१८ मा अमेरिकाले इरानी आणविक सन्धिबाट हटेर क्रमशः इरानमाथि पुनः नाकाबन्दी लगाएको छ। इरानले पनि गत मेदेखि सन्धिलाई व्यवहारमा उतारेको छैन।

जानकारी तथा लेखहरु