फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको बीआरआईले सैन्य गठबन्धन नअँगाल्ने पूर्वप्रधानमन्त्री प्रचण्डको विश्वास

(GMT+08:00) 2019-09-16 13:56:50
पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल कमल दाहाल प्रचण्ड वेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)ले सैन्य गठबन्धनको गन्ध नदिएको प्रष्टयाउनुभएको छ। नेपाल बुद्धिजीवी संगठनद्धारा आइतवार ललितपुरमा आयोजित कार्यक्रममा प्रचण्डले बीआरआई नेपालका लागि आवश्यक रहेको पनि बताउनुभयो।

'बीआरआईले सैन्य गठबन्धनको गन्ध दिएको छैन। सामाजिक सद्भाव र समावेशी विकासको मोडालिटी प्रस्तुत गरेको छ। विश्व शान्ति, मानव समृद्धि र सामूहिक प्रयास बीआरआईका लागि आवश्यक छ। त्यहि भएर बिश्वका दुई तिहाई जनताले बीआरआईमा सहमति जनाएका छन्। बीआरआई हाम्रा लागि सबभन्दा आवश्यक छ। रेल, पाइपलाइन, सञ्चार, समुन्द्रसहितका संरचनागत कनेक्सनका कुरा बीआरआइमा छन्। बीआरआईमा राष्ट्रियहित अनुकुलका परियोजना छनौट गर्ने अधिकार छ। बीआरआईलाई अगाडि बढाउने गृहकार्यमा हामी केही पछाडी परेपनि अव अगाडि बढनेछ' प्रचण्डले भन्नुभयो।

आफू प्रधानमन्त्री भएको बेला सैद्धान्तिक रुपमा बिआरआईमा सहमति भएको उल्लेख गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति बिद्या भण्डारीको चीन भ्रमणका वेला यो प्रक्रिया अगाडि बढेको जानकारी गराउनुभयो। अध्यक्ष प्रचण्डले नेपाल, भारत र चीनका वीचमा त्रिदेशीय समझदारीमा जानु पर्ने आवश्यकतामा जोड दिँदै प्रचण्डले त्रिदेशीय साझेदारीले दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका लागि पनि सहयोग पुग्ने बताउनुभयो।

नेपालखबर अनलाइनका अनुसार प्रचण्डले अहिले दुवै छिमेकीसँग नेपालले राष्ट्रिय हित अनुकुल सहयोग जुटाउने वातावरण बनेको पनि बताउनुभयो।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल कसैका बिरुद्धको मोर्चाबन्दीमा नरहेको प्रष्ट पार्नुभयो। बीआरआई ऋणको पासो नबन्ने प्रष्टयाउँदै मन्त्री ज्ञवालीले आफ्ना प्राथमिकताका परियोजना छनौट गरिने बीआरआई परियोजनाले २१ औँ शताब्दीको दुरगामी महत्व राख्ने बताउनुभयो।

चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका वेला पनि बीआरआईका बारेमा छलफल भएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले भन्नुभयो 'हामीले चीनलाई व्यापार घाटा घटाउन सहज पहुँच दिन भनेका छौँ।'

नेकपाका स्थायी समिति सदस्य तथा बुद्धिजीवी इन्चार्ज अग्नी सापकोटाले बीआरआई विश्वशान्तिको हितमा रहेको बताउनुभयो। नेपालले उच्च कुटनीतिक कौशलता प्रयोग गरी भारत र चीनसँग समझदारी बढाउन सक्ने उल्लेख गर्दै नेता सापकोटाले चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणपछि र चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमण अघि बीआरआईका बारेमा छलफल गराएर आफूहरुले यो बिषयलाई अगाडि बढाउन खोजेको बताउनुभयो। 'बीआरआईमा सहभागी हुनुको बिकल्प छैन' पूर्व मन्त्री सापकोटाले भन्नुभयो।

जानकारी तथा लेखहरु