फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दुई ठूला चाडपर्वमा १० प्रतिशत छुट दिने निजी हवाई कम्पनीहरूको घोषणा

(GMT+08:00) 2019-09-16 13:59:08
निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनीहरूले दसैं,तिहारमा यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् । नेपालीहरूको महान चाड दसैंलाई लक्षित गरेर निजी हवाई सेवाप्रदायक कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघ (आयोन)ले असोज १२ देखि कत्तिक १७ गतेसम्म १० प्रतिशत छुट दिने जनाएको छ।

आइतबार संघले प्रेस विज्ञप्ति जारी गर्दै हवाई टिकट सेवाप्रदायक कम्पनीको काउन्टरबाटनै खरिद गरेमा १० प्रतिशत छुट दिने भएको हो संघका प्रवक्ता योगराज कँडेलका अनुसार यात्रुलाई सहज यात्रा गराउन टिकटमा १० प्रतिशत छुट दिएर सेवा दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, "हवाई यात्रा सबै यात्रुको पहुँचमा पुग्न सकोस् भनेर चाडबाडलाई लक्षित गरेर छुट दिने निर्णय गरिएको छ।"

विमानस्थल कर र इन्धनको मूल्यमा बाहेक वायुसेवा कम्पनीले लिने भाडामा छुट दिने व्यवस्था गरिएको संघले जनाएको छ। बजारमा टिकट पाइदैन भन्ने हल्ला रहेको छ, हवाई टिकट पूरै बुक नभएको र पर्याप्त हवाई टिकट रहेको पनि कँडेलले बताउनुभयो।

यदि यात्रुलाई टिकट पुगेन भने अतिरिक्त उडान थप गरेर भएपनि उडान भर्ने र दसैंमा यात्रुलाई गन्तव्यमा पु-याउन संघ कटिबद्ध रहेको कँडेलको भनाइ छ। "अहिलेसम्म खासै टिकट बुकिङ भएको छैन, विस्तारै हुने क्रममा छ ।बाहिर हल्ला गरिएजस्तो बुकिङ प्याक पनि भएको छैन," कँडेलले भन्नुभएको कुरा कारोबार अनलाइनले लेखेको छ।

जानकारी तथा लेखहरु