फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

जापानका उद्योगी–व्यवसायीद्वारा नेपालमा लगानीको इच्छा

(GMT+08:00) 2019-09-16 14:03:01
प्रत्यक्ष वैदेशिक लगानी बढ्न नसकेका बेला जापानका उद्योगी–व्यवसायीले नेपालमा कुन क्षेत्रमा लगानी गर्न सकिन्छ भनेर चासो देखाएका छन्। दुई तिहाइको बलियो सरकार बनेर लगानीको वातावरण बनेको भने पनि गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी बढ्न सकेको छैन। स्वदेशी र विदेशी दुवै लगानीकर्ताको मनोबल उच्च नभएकै बेला जापानी उद्योगी–व्यवसायीले लगानीका क्षेत्रबारे सोधखोज गरेका छन्।

राजधानीमा आइतबार आयोजित 'नयाँ टेक्नोलोजीको साथ नेपालमा वैदेशिक लगानीको अवधारणा' विषयक अन्तक्र्रियामा जापानी लगानीकर्ताले यहाँको लगानीको सम्भाव्य क्षेत्रबारे निकै चासो राखे। उनीहरुले लगानी सम्भावनाका क्षेत्र, प्रतिफलको अवस्था, सरकारको नीतिलगायत विषयमा चासो देखाएका थिए।

नेपालमा लगानी गरेपछिको प्रतिफल र त्यसलाई सजिलै लैजान सक्ने वातावरण भए, नभएकामा उनीहरुको विशेष चासो थियो। जापानको जी होल्डिङ लिमिटेडका उद्योगीहरुले लगानीको सम्भाव्यता अध्ययन गर्न आफूहरु इच्छुक भएको बताए।जापानी उद्योगी टोलीका सदस्यहरुले आफूहरुले जापान र अन्य मुलुकमा गरेको अन्वेषण र प्रविधिबारे जानकारी गराएका थिए। उद्योगीमध्येका एक मासाकी हिराईले आफू नवीकरणीय ऊर्जासँग सम्बन्धित क्षेत्रमा काम गर्न तयार रहेको बताएको नागरिकन्यूज डटकमले जनाएको छ। पर्यटन संस्कृति तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले अहिले स्थिर सरकार रहेकाले इतिहासमै लगानीको अनुकूल वातावरण बनेको दाबी गर्नुभयो।

जानकारी तथा लेखहरु