फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङका विभिन्न क्षेत्रद्वारा घर जग्गा लगायत नागरिक जीवन सम्बन्धी समस्याको समाधानका लागि हङकङ सरकारको प्रयासको समर्थन

(GMT+08:00) 2019-09-16 14:13:25
हिजो आज हङकङका विभिन्न क्षेत्रले आवासको भाउ महँगो रहेको तथा जगाको आपूर्तिको अभाव लगायत समस्याहरुबारे व्यापक रुपमा विचार संकलन गरी हङकङको नागरिक जीवनमा सुधार गर्न हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको प्रयासको समर्थन गर्नुका साथै सक्रियताका साथ राय-सुझाव प्रस्तुत गरेका छन्।

हङकङको सबैभन्दा ठूलो राजनीतिक दल हङकङका सुधार तथा प्रगतिका लागि प्रजातान्त्रिक गठबन्धनले सेप्टेम्बर १२ तारिख हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारलाई नवोदित विकास क्षेत्र अथवा सार्वजनिक संचालनमा रहेको विकास परियोजनाको परिकल्पनामार्फत "जग्गा फिर्ता सम्बन्धी नियम" बाट जग्गा फिर्ता गर्नु भावी छोटो तथा मध्यकालमा सार्वजनिक संचालनमा रहेको आवासको आपूर्तिलाई ठूलो मात्रामा बढाउने प्रभावकारी तरीका रहेको धारणा प्रस्तुत गरेको छ। हङकङका विभिन्न क्षेत्रले यस राय-सुझावको समर्थन जनाएका छन्।

हङकङका विभिन्न क्षेत्रका व्यक्तिहरुले युवक तथा एकल व्यक्तिहरुको मागलाई महत्व दिएर सानो आवासको निर्माण लगायत तरीकाहरुमार्फत उनीहरुको कठिनाईको समाधान गर्नसक्ने आशा हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारसमक्ष गरेका छन्।

जानकारी तथा लेखहरु