फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एक देश दुई व्यवस्थामा अडिग, विशाल खाडी क्षेत्रको अवसर समात्ने-मकाउका विशेष प्रशासक

(GMT+08:00) 2019-09-16 14:16:35

मकाउ विशेष प्रशासनिक क्षेत्रका पाँचौं प्रशासक ह यी छङले मकाउले हाल एक देश दुई व्यवस्थाको अटल भएर अवलम्बन गर्दै क्वाङ तुङ, हङकङ तथा मकाउ विशाल खाडी क्षेत्रको विकासको अवसर समात्ने विचार व्यक्त गर्नुभएको छ।

प्रशासक ह यी छङले हालै चिनियाँ मिडिया ग्रुपको विशाल खाडी क्षेत्रको आवाजलाई दिनुभएको विशेष अन्तर्वार्तामा उक्त कुरा बताउनुभएको हो। त्यसै गरी उहाँले "एक देश दुई व्यवस्था"को पूर्वाधार एक देश हो भन्दै चिनियाँ संविधान तथा आधारभूत ऐनको आधिकारिकताको संरक्षण गरी चिनियाँ केन्द्रिय सरकारको नेतृत्वमा यस कार्यनीतिलाई दृढताका साथ पालना गर्नुपर्ने कुरामा जोड दिनुभयो।

प्रशासक ह यी छङले मकाउको विकास चिनियाँ केन्द्रिय सरकार तथा मातृभूमिका देशबन्धुहरुले पुर्‍याएको ठूलो सहायताबाट अलग गर्न नसकिने भन्दै विशाल खाडी क्षेत्रको निर्माण सम्बन्धी मौका छोपेर यस क्षेत्रको संयुक्त विकास गर्ने दाबी गर्नुभयो।

जानकारी तथा लेखहरु