फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

साइबर सुरक्षाबारे चीनका राष्ट्राध्यक्ष सीद्वारा महत्वपूर्ण निर्देशन

(GMT+08:00) 2019-09-16 14:17:54
हालै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीनको राष्ट्रिय साइबर सुरक्षा प्रचार प्रसार साता कार्यक्रममा महत्वपूर्ण निर्देशन दिँदै साइबर सुरक्षाको प्रचार प्रसार साताको आयोजना गर्ने, सारा जनताको साइबर सुरक्षाको जानकारी र कौशललाई उकासिने, राष्ट्रिय इन्टरनेटको सुरक्षित कार्यको महत्वपूर्ण काम रहेको विचार व्यक्त गर्नुभएको छ।

राष्ट्रिय इन्टरनेट सुरक्षा कार्यमा इन्टरनेटले जनतालाई सेवा दिने, जनतामा निर्भर हुने उद्देश्यको पालना गरी जनताको सूचना सुरक्षाको प्रत्याभूति दिनुका साथै इन्टरनेटमा जनताको कानूनी अधिकारको संरक्षण गर्नुपर्ने राष्ट्राध्यक्ष सीले औंल्याउनुभएको छ।

2019 राष्ट्रिय साइबर सुरक्षा प्रचारप्रसार साता सेप्टेम्बर सोह्र तारिख थ्यान चिनमा आयोजित भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक व्यूरोका सदस्य, चिनियाँ प्रचारप्रसार मन्त्री ह्वा खुन मिनले उद्घाटन समारोहमा राष्ट्राध्यक्ष सीको निर्देशनलाई पढेर सम्बोधन पनि दिनुभएको छ।

सन्2014देखि राष्ट्रिय साइबर सुरक्षा प्रचारप्रसार साता हरेक वर्ष आयोजना हुँदै आएको छ। यस पटकको सप्ताह 'जनताको हितकल्याणको लागि इन्टरनेट सुरक्षा, इन्टरनेट सुरक्षा जनतामा निर्भर' शीर्षकका सात सोह्र तारिखदेखि बाईस तारिखसम्म इन्टरनेट सुरक्षा एक्स्पो, इन्टरनेट सुरक्षा प्राविधिक शिखर सम्मेलन आदि कार्यक्रमको आयोजना गरिने छ।

जानकारी तथा लेखहरु