फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ह्वा वै कम्पनीद्वारा अमेरिका अफ्ठ्यारोमा

(GMT+08:00) 2019-09-16 18:25:58
अमेरिकी अर्थशास्त्री टोमास फ्रिदमानले हाल "न्यूयोर्क टाइम्स"मा एउटा विशेष लेख प्रकाशित गर्दै ह्वा वै कम्पनीका संस्थापक रन चङ फैले आफूसँगको कुराकानीमा अमेरिकाको कानून विभागसँग असीमित विषयमा छलफल गर्न ह्वा वै इच्छुक रहेको जानकारी दिनुभएको छ।

जसबाट ५-जी सम्बन्धी विषयमा ह्वा वैले अमेरिकालाई अफ्ठ्यारो पारेको देखिन्छ। निजी पूँजीबाट संचालित एउटा चिनियाँ व्यवसायको रुपमा ह्वा वै कम्पनीले विश्वमा ५-जी सम्बन्धी पचास वटा भन्दा बढी व्यापारिक करार प्राप्त गरेको छ। ५-जीका लागि ह्वा वैको बेस स्टेशनको संख्या दुई लाख भन्दा बढी पुगिसकेको छ, जुन विश्वको दुई तिहाईमा रहेको छ।

केही समयदेखि अमेरिकी सरकारले "राष्ट्रिय सुरक्षाको सामु खतरा" देखा परेको निहुँमा अमेरिकाको ५-जी सञ्जालको निर्माणमा ह्वा वैको संलग्नताको निषेध गर्नुका साथै अमेरिकाका अरु "संगाती मुलुकहरु"सँग संयुक्त रुपमा ह्वा वैको विरोध गर्न आह्वान गरेको छ। यसो भए तापनि ह्वा वैले अमेरिकाको कानून विभागसँग असीमित विषयमा छलफल गर्ने तथा ५-जीको निर्णायक प्रविधि अमेरिकी व्यवसायलाई हस्तान्तरण गर्ने धारणा प्रस्तुत गरेको छ। यस्तो खुला धारणाबाट "राष्ट्रिय सुरक्षाको सामु खतरा" भएको दोषारोपण गर्न छोडेर अरु बढी पश्चिमा व्यवसायलाई ह्वा वैको साझेदार बन्न आकर्षित गर्नेछ।

जानकारी तथा लेखहरु