फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस वर्षको अघिल्ला आठ महिनामा चीनको वैदेशिक व्यापारमा तीव्र वृद्धि

(GMT+08:00) 2019-09-16 18:26:40
चीनको राष्ट्रिय तथ्याङक व्यूरोले आज सेप्टेम्वर सोह्र तारिख उद्योग, उपभोग, लगानी आदि अगस्ट महिनामा चीनको राष्ट्रिय अर्थतन्त्र संचालनको मुख्य सूचक संख्या सार्वजनिक गरेको छ। तथ्याङक अनुसार, अघिल्ला आठ महिनामा चीनको वैदेशिक व्यापार र वैदेशिक लगानी सधैं तीव्र गतिमा वृद्धि हुनुका साथै विदेशी विनिमयको संचिति पनि वृद्धि भएको छ।

राष्ट्रिय तथ्याङ्क व्यूरोका प्रवक्ता फु लिङ् ह्वीले अगस्टमा चीनको अर्थतन्त्रमा समष्टिगत रुपमा स्थिरता र वृद्धिको प्रवृत्ति देखिएर चीनको अर्थतन्त्र सारा वर्षको अनुमानित विकास लक्ष्यलाई साकार तुल्याउने आधार र विश्वास बनेको बताउनुभएको छ।

यस वर्षका अघिल्ला आठ महिनामा चीनको आयात निर्यात गत वर्षको सोहि अवधिको तुलनामा 3.6प्रतिशतले वृद्धि हुनुका साथै निर्यात 6.1प्रतिशतले वृद्धि भएको छ। चीन र युरोप संघ, दक्षिण पूर्वी एशिया मुलुक संघबीचको आयात निर्यात तीव्र दरमा वृद्धि कायम राखेर बेल्ट एण्ड रोड वरिपरि मुलुकबीचको आयात निर्यातमा पनि तीव्र वृद्धि भएको थियो।

यस वर्ष यता अन्तर्राष्ट्रिय आर्थिक परिस्थिति जटिल भएर विश्व आर्थिक वृद्धि मन्द भएको व्यक्त गर्दै प्रवक्ता फुले यस्तो पृष्ठभूमिमा चीनको अर्थतन्त्रमा स्थिर भएर मन्द वृद्धिको प्रवृत्ति देखा परेको बताउनुभयो।

जानकारी तथा लेखहरु