फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको अर्थतन्त्रमा उच्च गुणस्तरीय विकासको सकारात्मक कारकतत्व निरन्तर संग्रहित

(GMT+08:00) 2019-09-16 18:35:57
चीनको राष्ट्रिय तथ्याङक व्यूरोले आज सेप्टेम्वर सोह्र तारिख सार्वजनिक गरेको तथ्याङ्क अनुसार, अघिल्ला आठ महिनामा चीनको आर्थिक संचालन उचित स्तरमा रहेर बनौट सुधारको प्रवृत्तिमा परिवर्तन नभएको र स्थिर भएर मन्द वृद्धिको प्रवृत्ति निरन्तर भएको देखाइएको छ। विगतमा भएको मध्य शरद चाडमा चीनको आन्तरिक पर्यटनको जनसंख्या दश करोड पुगेर गत वर्षको सोहि अवधिको तुलनामा 7.6प्रतिशतले वृद्धि भएको छ, आन्तरिक पर्यटनको आम्दानी 8.7प्रतिशतले वृद्धि भएको छ। यसबाट आन्तरिक आवश्यकतामा विशाल निहित शक्ति निकाल्न सकिनेछ भने चीनको अर्थतन्त्रले उच्च गुणस्तरीय विकास हुने सकारात्मक कारकतत्व निरन्तर संग्रह गर्दै गएको देखिएको छ।

चिनियाँ अर्थतन्त्र स्थिर रूपमा वृद्धि हुनुको एउटा मुख्य सकारात्मक कारकतत्वको रूपमा रोजगारीमा निरन्तर वृद्धि हुनुमा निहित छ। अघिल्ला आठ महिनामा चीनमा नयाँ उत्पन्न रोजगारी सारा वर्षको योजना लक्ष्यको 89.5प्रतिशतले पूरा भएर अगस्टमा सारा शहरमा बेरोजगारी दर 5.2प्रतिशत हुनुका साथै गत महिनाको तुलनामा 0.1प्रतिशतले झरेको थियो। रोजगारी चीनको जनतासम्बन्धी सबभन्दा महत्वपूर्ण कुरा भएर रोजगारी स्थिर भएकोले चीनको आर्थिक उच्च गुणस्तरीय विकास गर्ने दृढ आधार दिएको थियो।

जानकारी तथा लेखहरु