फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङ विनाश गर्ने तत्वहरूको दुर्नियत सफल नहुने

(GMT+08:00) 2019-09-17 16:41:42
हालै हङकङमा हिंसात्मक गतिविधिहरू संगठित रूपमा चलाइरहेका केही तत्वहरूले मौकाको फाइदा उठाउँदै अमेरिका, जर्मनीको भ्रमण गरी तथाकथित पश्चिमा समाजको समर्थन बटुल्न खोजेका छन्। ह्वा च फङ्ग आदि हिंसात्मक गतिविधिका नाइकेले अमेरिकी राष्टपतिसँग चीनसँगको व्यापारिक सन्धिमा मानव अधिकारसम्बन्धी सर्त थप्न सुझाव दिएका छन्।

ह्वा च फङ्ग लगायत 'हङकङलाई नष्ट पार्ने तत्वहरूले'पश्चिमा राजनैतिक व्यक्तिहरूले हङकङ मामिलामा हस्तक्षेप बढाउन चाहन्छन्। तर बिर्सनु भूल हुनेछ कि, एक देश दुई व्यवस्था। एक मुलुक भएर दुई किसिमका व्यवस्था छन्। हङकङ मामिला चीनको आन्तरिक मामिला हो, कुनै पनि विदेशी सरकार, कुनै पनि विदेशी संगठन र व्यक्तिले हस्तक्षेप गर्ने अधिकार छैन।

बेलायत र अमेरिका आदि पश्चिमा मुलुकले विश्वमा प्रजातान्त्रिक व्यवस्थाको प्रचारप्रसार गरे, तर यस्तो प्रजातन्त्रिक व्यवस्था माथिल्लो स्तरमा मात्रै निर्भर गरिएको प्रजातन्त्र हो। उनीहरुले "प्रजातान्त्रिक चीन"चाहेका छैनन् "उनीहरुलाई परनिर्भर चीन"चाहिएको छ। तर विगतमा र भविष्यमा पनि कदापि यस्तो हुनसक्दैन।

जानकारी तथा लेखहरु