फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङका विभिन्न पक्षद्वारा हङकङ सरकारका कदमको समर्थन

(GMT+08:00) 2019-09-17 16:42:13
सेप्टेम्बर सोह्र तारिख, हङकङ चिनियाँ आयात-निर्यात वाणिज्य संघले नयाँ चीन स्थापना भएको सत्तरीऔं वार्षिकोत्सव मनाउनका लागि एक समारोहको आयोजना गरेको छ। हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी लिन चङ्ग युए अले हङकङले अवसर छोपेर सक्रिय रुपमा राष्ट्रको विकासमा भाग लिई श्रृखलावद्ध कदम चाल्दै हालै देखापरेका कठिनाइहरूको सामना गर्ने बताउनुभयो। हङकङका विभिन्न क्षेत्रका व्यक्तिहरूले विशेष प्रशासनिक सरकारलाई समर्थन दिँदै 'एक मुलुक दुई व्यवस्था' मा हङकङको भविष्य अझ राम्रो हुने विश्वास पनि व्यक्त गरेका छन्।

सोही दिन चिनियाँ जनराजनैतिक परामर्शदात्री सम्मेलनको राष्ट्रिय समितिका उपाध्यक्ष ल्याङ्ग चन यिङ्ग, हङकङ विशेष प्रशासनिक क्षेत्रका प्रमुख कार्यकारी लिन चङ्ग युए अ, हङकङमा तैनाथ चिनियाँ केन्द्रिय सरकारी संस्थाका जिम्मेवार व्यक्तिहरू तथा हङकङ वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले समारोहमा भाग लिएका थिए।

हङकङ चिनियाँ आयात-निर्यात वाणिज्य संघका प्रमुख लिन लौङ्ग आनले मातृभूमिको समर्थनबाट हङकङले कठिनाइको सामना गरी निरन्तर विकास गर्ने धारणा प्रकट गर्नुभयो। चिनियाँ शान्ति एकीकृत प्रवर्द्धन संघ, हङकङ शाखाका उपप्रमुख डा.छिउ वै मिङ्गले व्यक्त गर्दै हङकङले मातृभूमि निर्भर भविष्यलाई अझ राम्रो विकासमा डोर्याउनसक्ने बताउनुभयो।

जानकारी तथा लेखहरु