फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक विश्वव्यापीकरणको प्रवृत्तिका बाबजुद चीनको वैदेशिक लगानी राम्रो

(GMT+08:00) 2019-09-17 16:43:33
चिनियाँ वाणिज्य मन्त्रालय, राष्ट्रिय तथ्यांक व्यूरो तथा राष्ट्रिय विदेश विनिमय व्यूरोले हालै संयुक्त रुपमा "सन् २०१८मा विदेशका लागि चीनको प्रत्यक्ष लगानीको तथ्यांक सम्बन्धी विज्ञप्ति" सार्वजनिक गरेको छ। जसका अनुसार, सन् २०१८ मा चीनले विदेशमा गरेको प्रत्यक्ष लगानीको संख्या विश्वको अघिल्लो तीन स्थानमा परेको छ। यसका साथै विदेशमा रहेका चिनियाँ व्यवसायहरुले विदेशलाई बुझाएको करको कूल परिमाण ५९ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ भने विदेशमा रहेका चिनियाँ व्यवसायहरुले कूल १८ लाख ७७ हजार विदेशीलाई रोजगारी प्रदान गरेका छन्।

विश्वको आर्थिक पुन:उत्थानमा मन्द गतिले भएको वर्तमान परिस्थितिमा विदेशका लागि चिनियाँ लगानी स्थिरताका साथ बढ्दै आएको छ। जसले चीनको आर्थिक विकासको ढंगलाई बदल्नुका साथै विदेशको कर सम्बन्धी आय तथा रोजगारीका लागि योगदान पुर्‍याएको छ। आर्थिक विश्वव्यापीकरणको प्रक्रियामा चीनको सक्रिय संलग्नता विभिन्न पक्षको हितसँग अनुकूल रहेको छ। थोरै मुलुकहरुको संरक्षणवादी कदमले आर्थिक विश्वव्यापीकरणको प्रवृतिलाई रोक्न सक्ने छैन।

जानकारी तथा लेखहरु