फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भूकम्पको चार वर्षपछि तातोपानी नाकाको व्यापारमा चहलपहल

(GMT+08:00) 2019-09-17 16:45:01
भूकम्पको चार वर्षपछि खुलेको तातोपानी नाकाको व्यापार व्यवसायले गति लिन थालेको छ । सञ्चालनको तीन महिनापछि नाका भएर पाँच सय टन विभिन्न सामग्री नेपाल भित्रिएको छ । असारयता ६ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन भएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका अधिकृत केशवराज ओलीका अनुसार यस अवधिमा ऊन, कपडा, इलेक्ट्रिक सामान, जुत्ता–चप्पल, खेलौनाजस्ता सामग्रीको अत्यधिक आयात भएको हो । 'प्राविधिक रूपमा पूर्ण व्यवस्थित भइसकेपछि नाकाबाट व्यापार झनै बढ्ने अपेक्षा राखेका छौं,' ओलीले भन्नुभयो।

केही दिनअघि दसैं लक्षित गरेर तीन कन्टेनर स्याउ र लसुन भित्रिएको छ । अन्तर्राष्ट्रिस्तरको अत्याधुनिक सुक्खा बन्दरगाहमा स्टोर व्यवस्थापनबाहेक नेटवर्किङ, बिजुली, फर्निचरजस्ता महत्त्वपूर्ण प्राविधिक पक्षमा काम हुन अझै बाँकी छ । उताबाट चिनियाँ र यताबाट नेपाली कन्टेनर मात्रै आउजाउ भइरहेकाले तातोपानी नाकालाई सहजता बनाउन पहलकदमी लिएको जनप्रतिनिधिले बताए ।

कान्तिपुर अनलाइनका अनुसार नेपालबाट झन्डै १ सय ८२ प्रकारका सामग्री चीन निर्यात गर्ने सहमति छ । त्यसमा मुडा, खाद्यान्न, गलैंचा, ह्यान्डिक्राप्टलगायत सामग्री छन् । चीनबाट ऊन, जुत्ता, इलेक्टिक सामान, कपडालगायत सयौं प्रकारका सामग्री आयात हुने निश्चित गरिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताउनुभयो।

'तातोपानी नाकालाई व्यवस्थित बनाउनका लागि सडक, भवनजस्ता भौतिक तैयारी हरसम्भव गरिरहेका छौं तर योबारे केन्द्रीय सरकारले चासो दिन जरुरी देखिन्छ,' उहाँले भन्नुभयो।

कोदारी राजमार्गको लार्चास्थित सुक्खा बन्दरगाहको व्यापार लक्षित गरी नेपाल बंगलादेश बैंकको काउन्टर र फुल्पिङकट्टी हिन्दी बजारमा शाखा कार्यालय स्थापना भइसकेको छ ।

व्यापारलाई भरपर्दो बनाउन भूकम्पअघि लिपिङक्षेत्रमा मात्रै ६ वटा बैंकका शाखा सञ्चालनमा थिए । तातोपानी नाकाबाट व्यापार गर्दै आएका व्यवसायीलाई खासा भएर सामान ल्याउन व्यापारिक संघसंस्था र विभिन्न ट्रान्सपोर्टेसन कम्पनीले उर्दी गर्दै सूचना नै जारी गरेको छ ।

जानकारी तथा लेखहरु