फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र विश्वसँग जोडिने आधुनिक हुलाक तथा एक्सप्रेस डेलिभरी सेवा सञ्जाल

(GMT+08:00) 2019-09-17 16:55:14
चीनको राष्ट्रिय हुलाक व्यूरोका प्रमुख मा च्युन शङले आज सेप्टेम्बर १७ तारिख पैचिङमा बोल्दै नयाँ चीनको स्थापना भएको ७० वर्षमा समस्त चीनमा हुलाक सेवाको मात्रा ७ हजार ७ सय भन्दा बढी गुणाले बढेको जानकारी दिनुभएको छ। उहाँका अनुसार, ग्रामीण क्षेत्रमा एक्सप्रेस डेलिभरी दर ९५ प्रतिशत भन्दा बढी पुगेको छ।

पोहोरको अन्त्यसम्म चीनमा हुलाक सेवाको कूल मात्रा १२ खर्ब चिनियाँ युआन पुगेको थियो। जुन सन् १९४९ को तुलनामा ७ हजार ७ सय भन्दा बढी गुणाले बढेको थियो। एक्सप्रेस डेलिभरीको कूल मात्रा गत शताव्दीको आठौं दशकको १५ लाख वटादेखि बढेर गत वर्षको ५० अर्ब वटा पुगेको थियो, जसको प्रति वर्षको औसत वृद्धि दर ४० प्रतिशत रहेको थियो। मा च्युन शङका अनुसार, विश्वमा सबैभन्दा तीव्र गतिले विकास भएको तथा सबैभन्दा बढी जिवन्त शक्ति भएको एक्सप्रेस डेलिभरीको बजार चीन बनिसकेको छ। पोकोको एक्सप्रेस डेलिभरीको मात्रा अमेरिका, जापान तथा युरोप लगायत विकसित समुदायको कूल मात्रा भन्दा बढी पुगेको छ। अब उपरान्त ग्रामीण क्षेत्रमा एक्सप्रेस डेलिभरी सेवाको विकासलाई अघि बढाइनेछ।

जानकारी तथा लेखहरु