फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सोलोमन टापु सरकारद्वारा एक मात्र चीन नीति स्वीकार

(GMT+08:00) 2019-09-17 18:55:01
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङ्गले आज सेप्टेम्वर सत्र तारिख नियमित पत्रकार सम्मेलनमा व्यक्त गर्दै सोलोमन टापु सरकारले एक मात्र चीनको नीति स्वीकार गरेर थाइवान सरकारसँगको तथाकथित 'कूटनीतिक सम्बन्ध'लाई विच्छेद गरी चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णयको उच्च प्रशंसा गर्नुभएको छ।

सोलोमन टापु सत्तारुढ पार्टीको सम्मेलनमा सोह्र तारिख 27 भोट समर्थन, 0 भोट विरोध र 6 भोट तटस्थको नतिजाबाट थाइवान सरकारसँग रहेको तथाकथित'कूटनीतिक सम्बन्ध'लाई काट्नुका साथै चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने निर्णय पारित भएको थियो। सोही दिन सोलोमन टापु सरकारले मन्त्री परिषद् सम्मेलनको आयोजना गरी उक्त निर्णय पारित भएको थियो।

प्रवक्ता ह्वाले पत्रकारको प्रश्नको जवाफ दिँदै चीनले सोलोमन टापु एउटा सार्वभौम स्वतन्त्र मुलुकको रुपमा गरेको स्वतन्त्र निर्णयको समर्थन गर्दै सोलोमन टापुसँग संयुक्त प्रयास गरी दुई मुलुकको आपसी सम्बन्ध विकासको नयाँ युगलाई खुकुलो पार्ने इच्छा लिएको बताउनुभयो।

जानकारी तथा लेखहरु