फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आविष्कार नै चिनियाँ अर्थतन्त्रको नयाँ गतिशील ऊर्जा

(GMT+08:00) 2019-09-17 18:55:31
विश्व बैंक तथा चीनको राज्य परिषद अन्तर्गत विकासको अनुसन्धान केन्द्र, चिनियाँ वित्त मन्त्रालयले आज सेप्टेम्बर १७ तारिख "सिर्जनात्मक चीन: चीनको आर्थिक वृद्धिका लागि नयाँ गतिशील ऊर्जा" नामक प्रतिवेदन संयुक्त रुपमा सार्वजनिक गरेका छन्। यस प्रतिवेदनका अनुसार, चीनमा नयाँ अर्थतन्त्र गतिशीलताका साथ विकसित हुँदै आएको छ भने आविष्कार सम्बन्धी क्षमता तीव्र गतिले बलियो हुँदै आएको छ।

अहिले चीनको आर्थिक विकासको ढंग तीव्र गतिको विकासबाट गुणस्तरीय विकासमा परिणत भइरहेको छ। जसका लागि नयाँ गतिशील ऊर्जा फेला पार्नु एउटा निर्णायक कुरा हो। खुसी लाग्दो कुरा के हो भने, चीनको अर्थतन्त्रका लागि नयाँ गतिशील ऊर्जा निरन्तर रुपमा देखा परिरहेको छ। चीनको राष्ट्रिय तथ्यांक व्यूरोद्वारा सार्वजनिक पछिल्लो तथ्यांक अनुसार, सन् २०१८मा चीनको आर्थिक विकास सम्बन्धी गतिशील ऊर्जाको सूची २७०.३ पुगेको छ। जुन सन् २०१७को तुलनामा २८.७ले वृद्धि भएको छ। यस सूचीमध्ये इन्टरनेट अर्थतन्त्रको भाग असी प्रतिशत भन्दा बढी पुगेको छ। जसबाट इन्टरनेट अर्थतन्त्रको प्रतिनिधित्वमा रहेको डिजिटल अर्थतन्त्र नयाँ गतिशील ऊर्जाको विकास गर्ने महत्वपूर्ण शक्ति बनिसकेको अभिव्यक्त गरिएको छ।

यस सूचीका अनुसार, "विश्वको आविष्कार सम्बन्धी सूचीमा" चीनको स्थान सन् २०११को २९औंदेखि सन् २०१८को १७औंमा उठेको छ। जुन विकासोन्मुख मुलुकहरुमध्ये पहिलो स्थानमा रहेको छ। ई-व्यापार, एआई, बैंकिङ प्रविधि, एक्सप्रेस रेल, पुन:उपयोग गर्ने ऊर्जा स्रोत तथा विद्युतीय मोटर-गाडी लगायत क्षेत्रमा चीन विश्वको अघिल्लो स्थानमा रहेको छ।

जानकारी तथा लेखहरु