फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौंरी गोठलाई पर्यटकमैत्री बनाउने गरी पूर्वी नेपालमा गोठस्टे

(GMT+08:00) 2019-09-18 16:57:55
पूर्वी नेपालको पाँचथर जिल्लाको उच्च पहाडी क्षेत्रका आकर्षक गन्तव्य घुम्न आएका पर्यटकलाई बस्नका लागि गोठस्टे सञ्चालनमा ल्याइएको छ। परम्परागत रुपमा पालिएका चौरी गोठलाई पर्यटकमैत्री बनाउने गरी गोठस्टेको रुपमा विकास गरिएको हो। जिल्लाको फालेलुङ तथा याङवरक गाउँपालिकामा रहेका लेकाली गोठमा पर्यटक राख्ने गरी संरचना विकास गर्ने काम अघि बढाइएको छ। गोठस्टे सञ्चालक यसलाई पर्यटकमैत्री बनाउन लागिपरेका नागरिकन्यूज डटकमले जनाएको छ।

गोठलाई सफा चिटिक्क बनाउने, पर्यटक बस्न मिल्ने संरचना निर्माण, सौचालयलगायत व्यवस्थापन गरेर गोठस्टे विकास गर्न लागिएको हो। सन्दकपुर, फालोट, चाररातेलगायत क्षेत्र घुम्न आउने, कञ्चनजंगा बेस क्याम्प, तिम्बु पोखरी जाने पर्यटकलाई राख्न गोठस्टे विकास गरिएको हो।

गोठस्टेमा पर्यटक रमाउने गरेको देखिन्छ। यो क्षेत्रमा बंगाली पर्यटक बढी आउँछन्। आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गर्न खोजिएको गोठस्टे सञ्चालक समितिका सचिव तथा गोठ सञ्चालक चन्द्र नेपालले बताउनुभयो। नेपाल–भारत सिमानमा पर्ने विभिन्न ठाउँमा आउने पर्यटकलाई बस्नका लागि नेपालतर्फ उपयुक्त व्यस्थापन गरिएको छैन। पर्यटक आउने सिजन सुरु भएको छ। हिमाली दृष्य, सूर्योदय, जैविक विविधता तथा सौन्दर्यतामा रमाउन यो क्षेत्रमा बाक्लो गरी पर्यटक आउने गर्छन्। यहाँ आउने पर्यटकलाई गोठमा राखेर यहाँको मौलिक परम्परा देखाउने तथा आयआर्जन बढाउन खोजिएको छ। होमस्टेजस्तै गोठस्टेको अवधारणा अघि सारिएको हो।

जानकारी तथा लेखहरु