फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नयाँ चीन स्थापनाको ७०औं वार्षिकोत्सवमा 'चिनियाँ चलचित्र महोत्सव'

(GMT+08:00) 2019-09-18 17:00:04
चीनको ७० औं गणतन्त्र दिवसको अवसर पारेर राजधानीमा 'चिनियाँ चलचित्र महोत्सव' सुरु भएको छ। मंगलबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, च्याओ च्याङ र हरिवंश आचार्यले संयुक्त रूपमा महोत्सवको उद्घाटन गर्नुभयो।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले सांस्कृतिक आदानप्रदानको निम्ति महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै भन्नुभयो, 'महोत्सवले नेपाल र चीनको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। फिल्मको माध्यमबाट देशको पर्यटन र आर्थिक विकासमा टेवा पु-याउनेमा आशा गरेका छौं।' महोत्सवको आयोजना चिनियाँ सांस्कृतिक केन्द्रले गरेको हो।

महोत्सवमा चिनियाँ संस्कृति, विकास र रहनसहन समेटिएका कथामा आधारित ६ वटा फिल्म प्रदर्शन भइरहेको जानकारी आयोजकले गराएको थियो। 'चीनका केही फिल्महरू नेपालमा खिचिएका छन्। त्यो फिल्महरूमा देखाइएका दृश्यहरूले नेपालमा चिनियाँ पर्यटनको सम्भावनालाई देखाइएको छ। फिल्ममार्फत नेपाल र चीनको सांस्कृतिक आदनप्रदानलाई थप प्रगाढ पार्न सकिने सम्भावना छ,' पेकिङ विश्वविद्यालयका प्राध्यापक चन श्वांगले भन्नुभयो।

तीन दिन चल्ने महोत्सवअन्तर्गत ¬¬¬हरेक दिन दुई वटा फिल्म प्रदर्शन भइरहेका छन्। महोत्सवले नेपाली चलचित्रकर्मीहरूलाई चिनियाँ कला र चलचित्रको बारेमा बुझ्न सजिलो हुने महोत्सवका कार्यक्रम संयोजक राजेन्द्र रिमालले भन्नुभयो। महोत्सव आगामी असोज २ सम्म चल्ने नागरिकन्यूज डटकमले लेखेको छ।

जानकारी तथा लेखहरु