फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

'सगरमाथा संवाद' मा जलवायु परिवर्तन, पर्वतीय वातावरणबारे छलफल हुने

(GMT+08:00) 2019-09-19 18:08:01
आगामी चैत तेस्रो सातामा जलवायु परिवर्तन, पर्वतीय वातावरण र मानव जातिको भविष्य शीर्षकमा नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय तहमा 'सगरमाथा संवाद' कार्यक्रम आयोजना हुने भएको छ। बुधबार राजधानीमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सगरमाथा संवादको जानकारी दिँदै 'बाहिरी विश्वका उच्च राजनीतिक नेतृत्व, मुलुक तथा समग्र विश्व समुदायबीच जलवायु परिवर्तनको संकटबारे समान धारणा बनाउन तथा संकटसँग जुध्न यो अर्न्तसंवाद आयोजना गर्न लागिएको बताउनुभयो।

'यो संवादको मञ्च स्थायी रुपमा रहनेछ,'मन्त्री ज्ञवालीले भन्नुभयो—'यसले विश्वमै सरोकारमा जोडिएका आर्थिक, सामाजिक, सांस्कृतिक वा शासकीय विषयमा बहस मात्रै गराउने छैन, देखिएका समस्यामा साझा समाधान पनि पहिल्याउनेछ।'

आगामी संवाद आयोजनामा राष्ट्रिय योजना आयोगका सदस्य डा.कृष्णप्रसाद ओलीको संयोजकत्वमा जलवायु परिवर्तन, पर्वतीय पर्यावरणलगायतका विज्ञ सम्मिलित १३ सदस्यीय सगरमाथा संवाद विशेषज्ञ कार्यदल बनाइएको छ। संवाद कार्यक्रमको परराष्ट्र मन्त्रालय, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र नीति तथा अनुसन्धान प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गर्ने भएको कान्तिपुर अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु