फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालको कफी कोरिया निर्यात

(GMT+08:00) 2019-09-19 18:08:28
गत आर्थिक वर्षमा पाल्पा र गुल्मीमा उत्पादित कफी कोरिया निर्यात भएको छ। कफी सहकारी संस्थाले गत आर्थिक वर्षमा झण्डै एक टन कफी कोरिया निर्यात गरेको हो। गत आर्थिक वर्षमा पाल्पामा १६.६ टन पार्चमेन्ट र ३.३ टन ड्राइचेरी कफी उत्पादन भएको थियो। यस्तै गुल्मीमा १.५ टन पार्चमेन्ट र सात टन ड्राइचेरी उत्पादन भएको थियो। यसैमध्येबाट एक टन कफी कोरिया निर्यात गरिएको हो। बाँकी कफी स्वदेशमा खपत भएको छ।

यस्तै आव ०७४/७५ मा १९ टन पार्चमेन्ट र चार टन ड्राइचेरी कफी उत्पादन भएको थियो। आव ०७४/७५ मा गुल्मीबाट सात टन पार्चमेन्ट उत्पादन तथा बिक्री गरिँदा १.५ टन ड्राइचेरी बिक्री भएको जिल्ला सहकारी संघले जनाएको छ। कफी सहकारी संघ, पाल्पाका व्यवस्थापक कमल खनालले जिल्लाबाट झण्डै २० टन कफी बिक्री भएको बताउनुभयो। गत आवमा असिना परेका कारण कफी उत्पादनमा कमी आएको नागरिकन्यूज डटकमले जनाएको छ।

एक किलोग्राम प्रशोधित कफीको एक हजार पाँच सय रुपैयाँसम्ममा फुटकर बिक्री हुँदै आएको छ। नेपालका १२ जिल्लामा कफी सहकारी संघमार्फत कफीको प्राविधिक, व्यवस्थापकीय र बिक्री वितरण कार्यमा सहयोग पुर्याइँदै आएको छ। गुल्मी, पाल्पा, स्याङ्जा, कास्की, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, ललिलपुर, लमजुङ, गोर्खा र पर्वतमा कफीको व्यावसायिक खेती हुँदै आएको छ। कफीको माग विश्वमा चार हजार टन छ। नेपालमा वार्षिकरूपमा करिब पाँच सय मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ। नेपालमा उत्पादित कफी अन्तर्राष्ट्रिय रूपमा उच्च गुणस्तरको मानिन्छ।

जानकारी तथा लेखहरु