फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोखराको दिगो विकासमा जापानी टोलीको चासो

(GMT+08:00) 2019-09-19 18:08:53
पोखरामा दिगो विकासमा जापानी टोलीले चासो देखाएको छ । गण्डकी प्रदेश सरकारका मन्त्री, सांसदसहितको टोलीसँगको छलफलमा सहभागी जापानी समूहले पोखराको दिगो विकासमा आवश्यक पर्ने भौतिक संरचना निर्माणमा विशेष चासो देखाएको सांसद कृष्ण थापाले बताउनुभयो।

केही दिनअघि नेपाल आएको जापानी टोलीले पोखरामा मोनोरेल, ट्राफिक लाइट, आकासे पुल, ढल तथा नालालगायतका विषयमा दिगो रुपमा सञ्चालन हुने गरी भौतिक संरचना निर्माण गर्ने विषयमा सहयोग गर्न तयार रहेको बताएको थियो।

गण्डकी प्रदेशको राजधानी रहेको पोखराको विकासका लागि आवश्यक परे विभिन्न कम्पनीले प्राविधिक सहयोग गर्ने टोलीका सदस्यहरुले प्रतिवद्धता जनाएका थिए।

कारोबार अनलाइनका अनुसार जापान सरकारको ओ.डि.ए.र जाइकाको अनुदानमा काम गर्ने कम्पनीहरुमध्यको एक प्यासिफिक कर्पोरेशन लिमिटेड हो।

त्यसैगरी प्यासिफिकसहित चुजी होल्डिङस लि., जी होल्डिङ टेक्नोलोजी लि., जापान सोलार एण्ड रि—कन्स्ट्रक्सन लि. र वारकिले कर्पोरेशनले नेपालका विभिन्न ठाउँमा केही काम समेत गरेको टोलीले दावी गरेको छ।

जानकारी तथा लेखहरु