फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली दूतावासद्वारा पैचिङमा रात्रीभोजको आयोजना

(GMT+08:00) 2019-09-19 20:03:21

नेपालमा लामो समयको पर्खाइपछि जनताका लागि जनताकै प्रतिनिधिले संविधान जारी गरेको चार वर्ष पूरा भएको छ। संविधान घोषणा भएको दिन विस २०७२ असोज ३ गतेलाई नेपाल सरकारको निर्णयअनुसार राष्ट्रिय दिवसका रुपमा मनाउन थालिएको हो। यसै उपलक्ष्यमा चीनका लागि नेपाली दूतावासले बिहिबार पैचिङमा रात्रीभोजको आयोजना गरेको छ।

राष्ट्रिय दिवस कार्यक्रमको अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले आफ्नो मन्तव्यमा संविधानको महत्वबारे चर्चा गर्नुका साथै नेपालको संविधानलाई चीनले स्वागत गरेको प्रसङ्ग उठाउँदै धन्यवाद व्यक्त गर्नुभयो। चीन नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्ने असल छिमेकी मुलुक भएको पनि उहाँले बताउनुभयो । नेपाल चीनबीचको मित्रताले आगामी दिनमा नयाँ आयाम थप्ने बताउँदै राजदूत पौड्यालले चिनियाँको हार्दिकताको पनि प्रशंसा गर्नुभयो। साथै चीनले विगत ७० वर्षमा गरिबी निवारण तथा समग्र विकासमा ठूलो प्रगति गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथि चिनियाँ उपविदेश मन्त्री ल्वो चाओहुइसँग राजदूत पौड्यालले टोस्ट गर्नुभएको थियो। साथै नेपाली विद्यार्थीहरूले नेपाली संस्कृति झल्किने नृत्य पनि प्रस्तुत गरेका थिए ।

जानकारी तथा लेखहरु