फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा संविधान दिवस मनाइँदै, राष्ट्रपति सहित विभिन्न देशबाट शुभकामना

(GMT+08:00) 2019-09-20 19:01:27
नेपालमा भएका सम्पूर्ण क्रान्ति र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्दै जनताबाट निर्वाचित प्रतिनिधिले संविधान सभामार्फत 'नेपालको संविधान' जारी भएको ऐतिहासिक दिन आज असोज ३ गते। संविधान दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै छ।

वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गर्नुभएको थियो। संविधान सभाले बनाएको संविधान नेपालमा भएका आन्दोलन र सशस्त्र क्रान्ति सबैको परिणाम अहिलेको संविधान हो। संविधानका मूल विशेषतामा आवधिक निर्वाचन, लोकतान्त्रिक मूल्य र मान्यता, कानुनको शासन, कानुनी राज्यको अवधारणा, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र समाजवाद रहेका छन्।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताउँदै संविधान दिवसको शुभकामना दिनुभएको छ। तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको बताउँदै उहाँले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरूप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको उल्लेख गर्नुभयो। त्यस्तै, प्रधानमन्त्री, उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायतले पनि दिवसका अवसरमा शुभकामना सन्देश जारी गरेका अनलाइनखबरले जनाएको छ। गोरखापत्रका अनुसार संविधान दिवसका अवसरमा विभिन्न देशका राष्ट्राध्यक्षहरुले नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन्। उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएका हुन्।

जानकारी तथा लेखहरु