फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ फिल्म महोत्सव काठमाडौंमा सम्पन्न

(GMT+08:00) 2019-09-20 19:03:27
सन् २०२५ को समयमा एक लेखक आफ्नो सम्झनाभित्र पसेर आत्मसमीक्षा गर्दै गरेको कथानक समेटिएको साइन्स फिक्सन 'ब्याटल अफ मेमोरिज' प्रदर्शन गर्दै बिहीबार तीनदिने चिनियाँ फिल्म फेस्टिभल सकिएको छ। लेस्त चेन निर्देशित यो फिल्मले आफैंभित्र लुकेको लेखक र सिरिएल किलरको व्यक्तित्वबीचको तनावलाई प्रस्तुत गरेको थियो।

दुई वर्षअघि मात्रै रिलिज यो फिल्मले गतवर्ष 'इन्टरनेसनल चाइनिज फिल्म फेस्टिभल' मा गोल्डन ड्रागन अवार्ड पाएको थियो। बिहीबारै हान यानको निर्देशन रहेको फिल्म 'गो अवे मिस्टर तुमोर' पनि देखाइएको थियो। फिल्म एक कमिक बुक आर्टिस्टको जीवनीमा आधारित थियो। चिनियाँ सांस्कृतिक केन्द्र र वर्ल्ड कल्चर नेटले आयोजना गरेको महोत्सवमा यसपटक विभिन्न ६ वटा फिल्म देखाइएको थियो। महोत्सवअन्तर्गत नै यस वर्ष बेइजिङ युनिभर्सिटीको आर्ट इन्स्टिच्युटका प्रोफेसर चन सुक्वाङसँग विशेष अन्तरसंवादसमेत गरिएको कान्तिपुर अनलाइनले लेखेको छ।

अन्तरसंवादले नेपाली चलचित्रकर्मीहरूलाई चिनियाँ कला र चलचित्रबारे बुझ्न सजिलो भएको महोत्सव संयोजक राजेन्द्र रिमालले बताउनुभयो। यसपटक महोत्सवमा नेपाली फिल्मकर्मीहरूको सहभागिता बढेको पनि उहाँले दाबी गर्नुभयो। महोत्सवलाई अझ बढी प्रभावकारी बनाउन आउँदो वर्ष पनि चिनियाँ चलचित्रकर्मीलाई निम्त्याउने कोसिस हुने कल्चर नेटका अध्यक्ष दीपक सरकारले बताउनुभयो।

जानकारी तथा लेखहरु