फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

व्यापारसम्बन्धी सम्पूर्ण सूचना एकै थलोबाट दिने व्यापार सूचना अनलाइन शुरू

(GMT+08:00) 2019-09-20 19:03:54
सरकारले व्यापारसम्बन्धी सम्पूर्ण सूचना एकै थलोबाट दिने उद्देश्यले 'व्यापार सूचना पोर्टल' लञ्च गरेको छ। बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टिइपिसी) द्वारा आयोजित एक कार्यक्रममा मन्त्री मातृका यादवले वेबसाइटको लञ्च गर्नुभयो।

आयात तथा निर्यातकर्तालाई व्यापारमा सहयोग पुर्याउने उद्देश्यले वेबसाइट निर्माण गरिएको वाणिज्य सचिव बैकुण्ठ अर्यालले बताउनुभयो। अन्तर्राष्ट्रिय स्तरमा भएको व्यवसायिक परिवर्तनसँगै वेबसाइट अपडेट गर्दै जानुपर्ने उहाँको भनाइ छ।

विकसित देशमा नेपाली उत्पादन निर्यात तथा आयात गर्न अपनाउनु पर्ने विधि तथा प्रक्रियाबारे पनि वेवसाइटबाट नै थाहापाउन सकिने इञ्जिनियर सुरेन्द्र डङ्गोलले बताउनुभयो। उहाँका अनुसार व्यवसाय सम्बन्धी चाहिने नियम कानून, नेपालमा उत्पादित कुन वस्तु कहाँ–कहाँ निर्यात हुने भन्ने बारे वेबसाइटबाट सहजै थाहा पाउन सकिन्छ।

सेतोपाटी अनलाइनका अनुसार वेबसाइटमा व्यवसायीले आफ्नो उत्पादनको प्रोफाइल पनि राख्न सक्ने छन्। जसले गर्दा व्यवसायीलाई बजारीकरणमा सहज हुनेछ। कार्यक्रममा मन्त्री यादबले प्रत्येक उद्योगीलाई आफ्नो उत्पादनको प्रोफाइल वेबसाइटमा राखिदिन आग्रह गर्नुभयो। मन्त्रालयका अनुसार वेबसाइट निमार्णका लागि विश्व बैङ्कबाट १२ लाख ५० हजार अमेरिकी डलर प्राप्त भएको थियो।

जानकारी तथा लेखहरु