फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हिमाल आरोहणका सम्पर्क अधिकृतलाई पहिलो पटक तालिम

(GMT+08:00) 2019-09-21 15:55:39
सरकारले हिमाल आरोहणमा सम्पर्क अधिकृतका रुपमा जाने सरकारी कर्मचारीलाई तालिम दिने भएको छ। लियाजो भनेर चिनिने कर्मचारीहरुलाई पहिलोपटक यसरी तालिम दिन लागिएको हो। वसन्त ऋतुमा हिमाल आरोहणका दौरान लियाजो अफिसरको निकै आलोचना भयो। सगरमाथामा अधिक दुर्घटनामा पर्वतारोहीले ज्यान गुमाए, तर सम्पर्क अधिकृत फिल्डमा भेटिएनन् । त्यसपछि सरकारले एक समिति नै बनाएर सगरमाथाबारे अध्ययन गरेको थियो। आगामी ५ असोजबाट नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानबाट तालीम सञ्चालन हुने अनलाइनखबरले जनाएको छ।

नाथमका अनुसार यस तालिममा राजपत्र अनङ्कित प्रथम श्रेणीदेखि राजपत्राङ्कित द्वितीय श्रेणीसम्मका कर्मचारीले भाग लिने भएका छन्। नाथमले १७ भदौबाट इच्छुक कर्मचारीबाट आवेदन माग गरेको थियो। तालिममा निजामति सेवाका राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृत सरहका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीका अधिकृत कर्मचारीले समेत भाग लिन पाउने प्रावधान राखिएको थियो। त्यसबाहेक प्रवेशिका परीक्षा उत्तिर्ण भए पनि सगरमाथाको सफल आरोहण गरिसकेका कर्मचारीलाई समेत प्रतिष्ठानले तालीमका लागि योग्य ठानेको छ।

पर्वतारोहण सम्बन्धी नियमावली २०५९ मा सम्पर्क अधिकृत बन्न पर्वतारोहण सम्बन्धी स्वीकृत आधारभूत प्रशिक्षण प्राप्त गरेको हुनु पर्ने र कम्तिमा स्नातक पास गरेको हुनुपर्ने प्रावधान राखिएको छ। पर्वतारोही दलसँग बोक्न सक्ने अंग्रेजी भाषाको ज्ञान र अन्य भाषाको ज्ञान समेत हुनुपर्ने गरी योग्यता तोकिएको छ।

जानकारी तथा लेखहरु