फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पश्चिम नेपालको एउटा गरीब जाति होमस्टेबाट धनी बन्दै

(GMT+08:00) 2019-09-21 15:56:01
आर्थिकरूपमा विपन्न कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीका मुक्त कमैया महिलाले विजयसाल सामुदायिक घरवास (होमस्टे) सञ्चाल गरी आम्दानी लिन थालेका छन्। आन्तरिक पर्यटक घरवासमा आउन थालेपछि मुक्त कमैया महिलाले मासिक रुपमा ३० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्न थालेका हुन्।

बास बस्न आउने पर्यटकलाई रोजेअनुसारको थारू परिकार पस्किने गरिएको छ। पतौला, मिसौला, स्थानीय जातका कुखुराको मासु, स्थानीय प्रजातिका माछा, ढिक्री, अन्तीधानको भात, हरियो तरकारी, लसुनको चटनी, घोघीलगायत परिकार उपलब्ध गराउने गरिएको घरवास सञ्चालक विस्पती चौधरीले बताउनुभयो। आन्तरिक तथा बाह्य पर्यटक बस्नका लागि सुविधायुक्त पाँच घर निर्माण गरिएका छन्।

एक घरमा दुईदेखि चार जनासम्म पर्यटकलाई राख्न सकिने गरी गरबास निर्माण गरिएका छन्। प्रत्येक घरमा स्नानकक्षसहितको कोठा र शौचालयसमेत छन्।

सञ्चालक चौधरीका अनुसार घरवासमा आउने पर्यटकका लागि खानाका परिकारअनुसार १३० देखि ३०० रुपैयाँ सम्म तोकिएको र मनोरञ्जनका लागि थारू संस्कृतिमा आधारित नृत्यहरु देखाउनका लागि नृत्यटोलीसमेत गठन गरिएको गोरखापत्र अनलाइनले जनाएको छ।

जानकारी तथा लेखहरु