फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल–चीन कम्युनिस्ट पार्टीको संयुक्त कार्यक्रम हुने

(GMT+08:00) 2019-09-22 18:53:55
नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठकले चिनिँया कम्युनिस्ट पार्टीको स्कूल विभाग र नेकपा स्कूल विभागले काठमाडौंमा आयोजना गर्न लागेको विचार गोष्ठीबारे जानकारी गराएको छ।

सोमबार र मंगलबार दुई दिनसम्म हुने कार्यक्रमको उद्घाटन नेकपा अध्यक्ष ओलीले र समापन अर्का अध्यक्ष पुष्पकमल दाहालले गर्ने नागरिकन्यूजले लेखेको छ।

शनिबार साँझ बसेको बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेपाल र चीन कम्युनिष्ट पार्टीको संयुक्त कार्यक्रम नेपालमा पहिलो पटक आयोजना हुन लागेको बताएका थिए। नेकपाको स्कूल विभागको पहलमा हुने सो कार्यक्रमको राम्रो तयारी गर्न र निकट भविष्यमा हुने चिनिँया राष्ट्राध्यक्ष सीको नेपाल भ्रमण विषयमा छलफल भएको बताइएको छ।

जानकारी तथा लेखहरु