फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनमा अनुसन्धानको क्षेत्रमा योगदान पुर्‍याउँदै आएका झा नेपाल सरकारद्वारा विभूषित

(GMT+08:00) 2019-09-22 18:55:29

नेपाल सरकारले संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई विभिन्न पदक तथा भूषणद्वारा विभूषित गर्न नामावली सार्वजनिक गरेको छ। यही नामावलीमा विगत २३ वर्षदेखि चीनको सान्सी प्रान्तको सियान सहरमा रहेर अनुसन्धानका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउँदै आएका प्रोफेसर डा. राजीव कुमार झाको पनि नाम छ। उनलाई नेपाल सरकारले सुप्रबल जनसेवाश्री (तृतीय) पदकबाट विभूषित गरिने भएको छ।

नेपाल सरकारबाट यति ठूलो गौरवमय सम्मान पाउँदा खुसी लागेको बताउँदै यसबाट अझै जिम्मेवारी बढेको अनुभव उनको छ। उनले सीआरआईलाई खुसी व्यक्त गर्दै भने – विभिन्न क्षेत्रमा काम गरेर पनि देश र जनताका लागि केही गर्न पर्छ भन्ने यो सम्मानले जिम्मेवारी बोध गराएको छ । यसले थप ऊर्जा पनि दिएको छ साथै मेरो ऊर्जाले दिएसम्म सक्रिय रहने छु।

उनी ट्रान्स हिमालयन फ्रेण्डसिप सोसाइटी नेपालका अध्यक्ष हुन्। साथै 'चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा'का निर्देशक पनि हुन् । त्यसै गरी चीनको सियान मेडिकल विश्वविद्यालयमा प्राध्यापन गर्दैआएका झा सान्सी प्रान्तका नेपालका लागि 'नागरिक दूत'पनि हुन्। साथै उनी सन् २०१८ मा सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा विशिष्ट व्यक्तित्वलाई प्रदान गरिने 'सियान फ्रेण्डसिप अवार्ड'बाट समेत सम्मानित भएका थिए। त्यसै गरी चीनको सान्सी प्रान्तले युवा वैज्ञानिकका रूपमा झालाई सन् २०१५ मा '१०० ट्यालेन्ट'को उपाधि प्रदान गरेको थियो।

उनको नाममा चीन सरकारद्वारा खोलिएको चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर'सियान मेडिकल युनिभर्सिटीमा छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीका रुपमा पहिलोपटक चीन भ्रमणमा जाँदा उक्त सेन्टरको उद्घाटन गरेका थिए। झाका अनुसार, हाल उनी आमाशयमा हुने क्यान्सरको औषधि पत्ता लगाउने अनुसन्धानमा छन्।

जानकारी तथा लेखहरु