फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाण्डु उपत्यका: कला र सम्पदाले झकिझकाउ बनाइँदै

(GMT+08:00) 2019-09-22 18:56:19
भिजिट नेपाल २०२० मा पाहुनालाई आकर्षित गर्न काठमाण्डु उपत्यकालाई कला र सम्पदाले झकिझकाउ बनाउने काम सुरु भएको छ। कलात्मक सहर भनेर चिनिने काठमाण्डु उपत्यका बढ्दो सहरीकरण र आधुनिकीकरणले यहाँको कलात्मकता हराउँदै गएको बेला फेरि पुनर्जागृत गर्ने प्रयास सुरु भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईका अनुसार पर्यटन प्रवर्द्धनमार्फत नेपालको कुल गार्हस्थ उत्पादनमा १० प्रतिशत योगदान पुर्याउने सरकारी लक्ष्य छ। सोहीअनुसार व्यापक प्रचारप्रसारमा रहेको भिजिट नेपाल २०२० सफल बनाउन उपत्यकालाई सुन्दर कला नगरी बनाउने नेतृत्व भने काठमाडौँ महानगरपालिकाले पाएको छ।

सरकारी योजनाअनुसार धेरैभन्दा धेरै विदेशी पर्यटकलाई उपत्यकामा बास बसाउन, मौलिक आकर्षण दिन नेपाली कला संस्कृतिको प्रत्यक्ष उजागर गर्न खोजिएको काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बताएको गोरखापत्र अनलाइनले लेखेको छ।

महानगरसँगको सम्झौतामा आधारित रहेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक समिति गठन भएको छ । पर्यटक आकर्षित गर्नकै लागि उपत्यकाका १० स्थानमा सुन्दर पार्क निर्माणका लागिसमेत सम्झौता भएर काम अघि बढेको छ। साथै वसन्तपुर दरबार क्षेत्रमा कुमारी घरको पूर्वतर्फ रहेको पुरानो पोखरी पुनर्जीवित गरिने भएको छ । पहिलो चरणमा ठूला मूर्ति, चित्र र पुराना संरचनालाई मौलिकता भर्ने काम गरिनेछ । दोस्रो चरणमा सिङ्गै उपत्यकालाई कलात्मक नगर बनाउन थप पूर्वाधारसहितका नयाँ संरचनासमेत निर्माण गरी अगाडि बढ्ने योजना रहेको छ।

जानकारी तथा लेखहरु